काठमाडौं । अटोमोबाइल्स व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नयाँ अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन्।
नाडाको चुनावी तालिका अनुसार अध्यक्ष पदमा उप्रेतीको मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत चुनिएका हुन्। उनी सिएट (CEAT) टायरको आधिकारिक विक्रेता एसटीसी (STC) ग्रुपका प्रबन्ध निर्देशक हुन्।
उनी यसअघि नाडाको महासचिवका रूपमा कार्यरत थिए। अध्यक्षसँगै कार्यसमितिका अन्य सदस्यहरू पनि सर्वसम्मत निर्वाचित भएका छन्। साधारण सदस्यमा १७ जना र प्रदेश सदस्यमा ७ जनाको उम्मेदवारी परेको थियो।
पुस २५ गते तय गरिएको साधारण सभाको अवसरमा नयाँ कार्यसमितिको औपचारिक घोषणा गरिनेछ।
