काठमाडौँ । नेपाल प्रहरीको प्राविधिकतर्फ रहेका दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पद जनपद समूहतर्फ ल्याउने गृह मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको छ।
गृहले प्रस्ताव गरेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) अनुसार केनाइन कार्यालय र सवारी महाशाखामा रहेका एसएसपी दरबन्दी जनपदतर्फ स्थानान्तरण हुने भएका छन्।
त्यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा कार्यरत प्रहरी कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्युरोअन्तर्गतको महाशाखामा सार्ने प्रस्तावमा पनि सहमति भएको छ। प्रहरी अस्पतालमा अन्य तहको दरबन्दी कटौती गरी डीएसपी र एसपीको दरबन्दी बढाउने तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत फरेन्सिक विज्ञलाई प्रहरी प्रधान कार्यालयमा ल्याउने व्यवस्था ओएण्डएममा समेटिएको छ।
