काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ सिरहाको धनगढीमाईमा आयोजित वनभोज कार्यक्रममा सहभागी हुन हेटौंडाबाट हेलिकप्टर चढेर पुगेपछि विवादमा परेका छन्।
अंग्रेजी नयाँ वर्षको अवसरमा नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवले आयोजना गरेको कार्यक्रममा सहभागी हुन हेलिकप्टर प्रयोग गरिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।
शीतलहरले मधेस कष्टकर बनेको बेला पार्टी कार्यक्रमका लागि हेलिकप्टर प्रयोग गरी राज्यकोषको दुरुपयोग गरिएको आरोप स्थानीयले उठाएका छन्।
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३