काठमाडौँ । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग लघुवित्त, सहकारी समस्या र जेनजीका मागबारे छलफल गरेको छ।
छलफलपछि प्रसाईंले सरकारसँग आफ्ना मागबारे आइतबारसम्मको समय मागिएको र सहमति भए सोमबार क्याबिनेटबाट निर्णय हुने बताए। माग पूरा नभए फागुन २१ मा निर्वाचन हुन नसक्ने चेतावनीसमेत दिएका छन्।
भेटमा प्रसाईंले घरजग्गा लिलाम रोक्न, भ्रष्टाचारमा कारबाही र जनमत सङ्ग्रहको प्रस्ताव गरेका थिए। सरकारका प्रवक्ता जगदीश खरेलले वार्ता सकारात्मक भएको र वर्तमान सरकारले सक्ने माग पूरा गर्ने बताएका छन्।
