सुर्खेत । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनबिना सुशासन र राजनीतिक स्थिरता सम्भव नरहेको बताउनुभएको छ। सुर्खेतमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले फागुन २१ का लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
ताजा जनादेशले मात्र सुशासनलाई सशक्त बनाउने बताउँदै मन्त्री अर्यालले निर्वाचन सम्पन्न गरी नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु नै वर्तमान सरकारको मुख्य जिम्मेवारी रहेको स्पष्ट पार्नुभयो। उहाँले शान्ति सुरक्षाको प्रत्याभूतिसहित निष्पक्ष वातावरणमा चुनाव गराउन गृह मन्त्रालय केन्द्रित रहेको जानकारी दिनुभयो।
