काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिबाना नबुझाउने छ वटा राजनीतिक दलको दर्ता खारेज गर्ने निर्णय गरेको छ। पटक-पटक सूचना दिँदा र ‘दर्ता खारेज किन नगर्ने’ भनी सोधिएको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएपछि आयोगले पुस ८ गते यस्तो निर्णय गरेको हो।
दर्ता खारेज हुने दलहरूमा आमआदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) र माओवादी जनमुक्ति पार्टी नेपाल रहेका छन्।
यो कारबाहीसँगै अब निर्वाचन आयोगको अभिलेखमा राजनीतिक दलको संख्या १३७ मात्र कायम रहने भएको छ।
