• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, May 25, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

चिसो बढेपछि सतर्कता अपनाउन पर्सा प्रशासनको आग्रह, विद्यालयहरुमा धमाधम बिदा

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ पुष ८, मंगलवार १९:३२
पर्सामा शनिबार पनि राष्ट्रिय परिचयपत्र वितरणको सेवा पाईने
12
SHARES
138
VIEWS

वीरगन्ज । बढ्दो चिसो र शीतलहरलाई मध्यनजर गर्दै जिल्लाबासीका नाममा विशेष सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय पर्साले अपिल जारी गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले आज सूचनामार्फत बाक्लो हुस्सु र चिसोका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका हुन् ।

विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती र विपन्न समुदाय शीतलहरको उच्च जोखिममा रहने भएकाले उनीहरूको स्वास्थ्यमा विशेष ख्याल पुर्‍याउन प्रशासनले अनुरोध गरेको छ।

ADVERTISEMENT

सूचनामा शरीर पूरै ढाक्ने गरी न्यानो लुगा लगाउन, तातो र झोलिलो खानेकुरा पर्याप्त मात्रामा खान तथा चिसोमा घरबाहिर धेरै समय नबस्न भनिएको छ। स्वास्थ्यमा कुनै समस्या देखिए वा श्वासप्रश्वासमा कठिनाइ भए तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत आग्रह गरिएको छ।

हिउँदको समयमा हुने सम्भावित दुर्घटना कम गर्न कोठाभित्र आगो बाल्दा वा हिटर प्रयोग गर्दा झ्यालढोका खुला राखेर पर्याप्त अक्सिजनको व्यवस्था मिलाउन प्रशासनले सचेत गराएको छ। साथै सुत्नुअघि अनिवार्य रूपमा आगो निभाउन र विद्युतीय उपकरण बन्द गर्न भनिएको छ। सडकमा लाग्ने बाक्लो हुस्सुका कारण सवारी दुर्घटना हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै फग लाइटको प्रयोग गर्न र सीमित गतिमा सवारी चलाउन पनि निर्देशन दिइएको छ।

मानवीय स्वास्थ्यका साथै पशुचौपायाको सुरक्षाका लागि पनि प्रशासनले विशेष आग्रह गरेको छ। घरपालुवा पशुपन्छीलाई खुला स्थानमा नराखी न्यानो गोठमा राख्न र बिरामी परेमा पशु चिकित्सकको सल्लाह लिन सुझाइएको छ। यता सर्वसाधारणलाई राहत दिन स्थानीय तहमार्फत दाउरा वितरणका लागि डिभिजन वन कार्यालयसँग समन्वय र पहल भइरहेको समेत जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
यसैबीच चिसो बढेपछि महानगरपालिकाले मंगलबारदेखि नै ११ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालयहरुमा विदा दिएको छ । अन्य बिदामा मिलान गर्ने गरी विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यान दिदै बिदा दिने निर्णय गरेको महानगरपालिकाले जनाएको छ । अन्या पालिकाहरुले पनि चिसोका कारण धमाधम विद्यालय बिदा दिन थालेका छन् ।

Advertisment Advertisment Advertisment
Previous Post

निजी क्षेत्रले यसपटक पनि धुलो टकटक्याएर उठ्छ : उद्योगी अनिल रुंगटा

Next Post

पर्सागढीमा २११ औं विजय उत्सवको तयारी तीव्र, आगामी पुस १९ गते भव्य कार्यक्रम हुने

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In