जनकपुरधाम । मधेश प्रदेश सभाको रिक्त सभामुख पदका लागि आज निर्वाचन हुँदैछ। दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा सभामुख चयनका लागि मतदान हुने कार्यतालिका छ।
सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ:
रामअशिष यादव (जसपा नेपाल): सात दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका यादवलाई नेपाली कांग्रेस र माओवादी केन्द्रको समर्थन रहेको छ। उनको प्रस्तावकमा कांग्रेसका वीरेन्द्रकुमार सिंह र समर्थकमा माओवादीका फकिरा महतो छन्।
त्रिलोकी प्रसाद (नेकपा एमाले): एमालेका तर्फबाट उम्मेदवार बनेका त्रिलोकीको प्रस्तावकमा शारदा देवी थापा र समर्थकमा जयचन्द्रप्रसाद पटेल रहेका छन्।
आजको बैठकमा दुवै उम्मेदवारका प्रस्तावकले ‘सभामुख निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेपछि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
