वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साले रु. १६ लाख ८ हजार ८६० बराबरका अवैध सामान भन्सार दाखिला गरेको छ।
मिति २०८२/०९/०४ गते सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२५ खलवा नाकाबाट भारतबाट भन्सार छलि नेपालतर्फ ल्याइँदै गरेका रु. ७,५६,४९० बराबरका कपडा तथा कस्मेटिक सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
त्यसैगरी सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगञ्जबाट खटिएको टोलीले सोही स्थानबाट साईकलमा लोड गरी ल्याइँदै गरेको रु. ७,४९,८०० बराबरका कपडा, किराना, कफीदाना तथा कस्मेटिक सामान बरामद गरेको छ।
यस्तै, सीमा सुरक्षा गुल्म हे.क्वा. अलौबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१७ कोनियाबाट रु. १,०२,५७० बराबरका किराना र एयरबट बरामद गरी आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

