वीरगञ्ज। जिउ मास्ने बेच्ने सम्बन्धी कसूर मुद्दामा विगत २० वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १९ का ४५ वर्षीय सुरेश प्रसाद कलवार रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको विधुतीय अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. ९ स्थित सडकखण्डबाट उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, सुरेश प्रसाद कलवार २०६२ साल चैत १७ गते दर्ता भएको ुजिउ मास्ने बेच्ने सम्बन्धी कसूरु मुद्दामा संलग्न थिए। जिल्ला पर्सा, साविक विन्दवासिनी गा।वि।स। वडा नं। ६ बस्ने बृजेश प्रसाद कलवारको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा उनी वारदातपछि फरार हुँदै आएका थिए।
फरार रहेको करिब २० वर्षपछि गोप्य सूचनाको आधारमा प्रहरीले आईतबार दिउँसो ४ः४५ बजेको समयमा उनलाई पक्राउ गर्न सफल भएको हो। प्रहरीले पक्राउ परेका प्रतिवादी सुरेश प्रसाद कलवारलाई ुजिउ मास्ने बेच्ने सम्बन्धी कसूरु मा थप अनुसन्धान कार्य अगाडि बढाएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।
नेपालको कानुनअनुसार जिउ मास्ने बेच्ने (मानव बेचबिखन) सम्बन्धी कसूरमा दोषी ठहर भएमा कसूरको मात्रा अनुसार कठोर सजाय (मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण) ऐन, २०६४ अनुसार मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र २ लाख रुपैयाँ जरिवानासम्म) हुने प्रावधान छ।

