• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, May 25, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मधेशमा नेतृत्वका लागि ७ दलीय गठबन्धनको रस्साकस्सी

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ मंसिर १९, शुक्रबार ०९:५९
मधेशमा नेतृत्वका लागि ७ दलीय गठबन्धनको रस्साकस्सी
13
SHARES
139
VIEWS

जनकपुरधाम। लगातारको राजनीतिक अस्थिरता र सर्वोच्च अदालतको परमादेशले सिर्जना गरेको बाध्यतापछि मधेश प्रदेशमा पुनः सरकार गठनको प्रक्रिया सुरु भएको छ। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शुक्रबार साँझ ५ बजेसम्म मुख्यमन्त्री पदमा दाबी पेस गर्न दिएको समयसीमाभित्र नेकपा एमालेबाहेकका सात राजनीतिक दलहरूको संयुक्त गठबन्धनले सरकारको नेतृत्वका लागि तयारी गरेको छ।
१०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि आवश्यक ५४ सांसदको संख्याभन्दा निकै बढी अर्थात् ७३ सांसदको समर्थनसहित यो गठबन्धन बलियो अवस्थामा देखिएको छ। गठबन्धनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) दलहरू गठबन्धनमा छन्।

पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएको यो चौथो पटकको सत्ता परिवर्तनको प्रयास हो । जसले प्रदेशको राजनीतिक अस्थिरतालाई निरन्तरता दिएको छ ।

गठबन्धनभित्र मुख्यमन्त्री पदका लागि दुई जना नेताहरूको मुख्य दाबी रहेको छ । लोसपा संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री जितेन्द्र सोनल र नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दावी गरेका छन।
बिहीबार सरकार गठनका लागि सातदलीय गठबन्धन सहमत भएपनि कसको नेतृत्वमा गर्ने भन्ने विषयमा भने छलफल भईरहेको छ । यसपटकको सरकार गठन दलहरूबीचको केवल नेतृत्वको होड मात्र नभई सभामुखसहित अन्य संवैधानिक पद र मन्त्रालयहरूको भागबन्डालाई पनि ‘प्याकेज’ मा टुङ्ग्याउने प्रयास भइरहेको छ।

ADVERTISEMENT

एमालेका रामचन्द्र मण्डल सभामुखबाट पदमुक्त भएपछि उक्त पद पनि रिक्त छ, जसलाई जसपाले आफ्नो आन्तरिक रणनीति अनुसार लिन खोजिरहेको खबर छ। यो ‘प्याकेज’ सहमतिले मात्र गठबन्धनको दिगोपन सुनिश्चित गर्न सक्ने राजनीतिक विश्लेषकहरूको मत छ।

मधेश प्रदेशमा देखिएको यो ‘बृहत्’ सातदलीय गठबन्धन संघीय राजनीतिका समीकरणहरूको प्रतिछाया हो, तर यसको मुख्य चुनौती बहुमतको सहजताभन्दा पनि आन्तरिक व्यवस्थापन र भागबन्डामा रहेको छ।

छोटो अवधिमा पटकपटक सरकार ढलेको यो प्रदेशमा, यति धेरै दलहरू समावेश भएको गठबन्धनलाई टिकाउनु निकै चुनौतीपूर्ण हुनेछ। साना दलहरूको असन्तुष्टि र केन्द्रको राजनीतिक उतारचढावको प्रत्यक्ष असर यहाँको सत्ता समीकरणमा पर्ने गरेको विगतले देखाउँछ।

Advertisment Advertisment Advertisment

यसपटक गठबन्धनको नेतृत्वका लागि नेपाली काँग्रेसको बलियो दाबी हुनुले काँग्रेसले मधेशमा आफ्नो राजनीतिक पकड मजबुत बनाउन चाहेको स्पष्ट संकेत गर्छ। यसअघि लगातार सरकारको नेतृत्व गरेको जसपा, यसपटक नेतृत्वभन्दा सभामुख वा अन्य महत्त्वपूर्ण पदमा चित्त बुझाउन तयार देखिएको छ, जसले गठबन्धन टिकाउन जसपा लचिलो बनेको देखिन्छ। तर, नेकपा (माओवादी केन्द)का संसदीय दलका नेता भरत साहले सभामुख माओवादीले पाउनुपर्ने पस्ताव गरेको बताईएको छ ।

यदि यो गठबन्धनले सफलतापूर्वक नेतृत्वको नाममा सहमति जुटाउन सके र आज दाबी पेस गरेमा मधेश प्रदेशले कम्तिमा अल्पकालका लागि एउटा बलियो बहुमत प्राप्त सरकार पाउने निश्चित छ। तथापि, ठूलो आकारको गठबन्धनभित्रका आन्तरिक महत्त्वाकांक्षा र असन्तुष्टिहरूले भविष्यमा कस्तो रूप लिन्छन्, त्यो हेर्न बाँकी नै छ।

Previous Post

मधेश प्रदेशमा सात दलीय गठबन्धन आजै नयाँ सरकार गठनको दाबी पेश गर्ने तयारी

Next Post

प्रचण्ड मधेस आउने अघिल्लो दिन पर्साका सातजना युवा नेताहरु छाडे पार्टी

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In