• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, August 13, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

किशोर–किशोरीमा डिजिटल र एआईको लत : आधुनिक समाजमा मानसिक संकट निम्तिने खतरा

by
प्रकाशित मिति : २०८२ मंसिर ८, सोमबार ११:१४
किशोर–किशोरीमा डिजिटल र एआईको लत : आधुनिक समाजमा मानसिक संकट निम्तिने खतरा
3
SHARES
33
VIEWS
नवलकिशोर यादव युवा, सञ्चारकर्मी

आजको आधुनिक समाज डिजिटल तरंगले यति कसीकसी भिजेको छ कि किशोर–किशोरीको दैनिकी नै स्क्रिनको रफ्तारसँग चल्न थालेको छ। बाल्यकालमै अभिभावकले सुविधा र सहजता खोज्दै मोबाइल थमाइदिएको सामान्य व्यवहारले अहिलेका धेरै युवाहरूलाई गहिरो डिजिटल निर्भरता र लतमा धकेलेको छ।

हिजोका बालबालिकाको बाल्यावस्था दौडधूप, खेलकुद, साइक्लिङ, चित्र बनाउने, साथीहरूसँग बस्ने र समाजसँग प्रत्यक्ष सम्बन्ध राख्दै बित्थ्यो, तर आजको पुस्ता दिनको धेरैजसो समय मोबाइल स्क्रोल, गेमहरू, टिकटक, रील्स तथा एआईसँग संवाद गर्दै बिताउँछ। डिजिटल संसार केवल मनोरञ्जनको विकल्प होइन, उनीहरूको व्यक्तित्व विकास, आत्मसम्मान, सिकाइ क्षमता, मानसिक सन्तुलन र सामाजिक सम्पर्कमा गहिरो प्रभाव पार्ने शक्ति बनिसकेको छ।

यही कारणले डिजिटल र एआईको लत अहिलेको पुस्ता मात्र होइन, भविष्यको समाजको संरचनालाई समेत बदलिरहेको सबैभन्दा जटिल चुनौतीका रूपमा देखिन थालेको छ। डिजिटल लत कुनै आकस्मिक रूपमा जन्मिने समस्या होइन। बाल्य उमेरदेखि सुरु भएको सामान्य परिचय, बिस्तारै बनेको आदत र त्यसपछि अत्यधिक प्रयोगको निर्भरता यही लतको मूल जरा हो।

ADVERTISEMENT

बच्चा रोएपछि भिडियो चलाइदिने, खाना खुवाउँदा मोबाइल देखाइदिने, अभिभावक व्यस्त हुँदा गेम चलाइदिनेर यी सामान्य देखिने व्यवहारले उनीहरूको दिमागमा “मनोरञ्जन भनेको मोबाइल” भन्ने पहिचान रोपिदिन्छ। किशोर उमेरसम्म पुग्दा यो आदत बढेर निर्भरता बन्छ, जसले उनीहरूको ध्यान, एकाग्रता, व्यवहार र भावनात्मक परिपक्वतालाई गम्भीर रूपमा प्रभावित पार्छ।

डिजिटल माध्यम अझै आकर्षक बन्नुमा सामाजिक सञ्जालको भूमिका अत्यन्त व्यापक छ। सामाजिक सञ्जाल किशोर–किशोरीका लागि अब साधारण प्लेटफर्म होइनस यो अब उनीहरूको आत्मसम्मान, लोकप्रियता र सामाजिक पहिचान मापन गर्ने आधुनिक उपकरणजस्तै बनिसकेको छ।

रील्स, टिकटक, इन्स्टाग्राम स्टोरी र स्न्यापच्याटले सिर्जना गरेको कृत्रिम चमकले उनीहरूलाई आफ्नो वास्तविक जीवन “कम” भएको महसुस गराउन थाल्छ। फिल्टरले सजाएको अनुहार, कृत्रिम रूपमा बनाइएका रमाइला भिडियो, सम्पन्नताका झल्का देखाउने सामग्री र दैनिकीलाई अतिरञ्जित रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले किशोरको मनोविज्ञानमा गहिरो तुलनात्मक दबाब उत्पन्न गर्छ। यसले आत्मविश्वासमा ह्रास, निराशा, बेचैनी, असन्तुष्टि र आत्मग्लानीजस्ता गम्भीर समस्याहरू जन्माउँछ।

सामाजिक सञ्जालको अर्को खतरनाक पक्ष मान्यता खोज्ने प्रवृत्ति हो। कति लाइक आयो, कसले कमेन्ट गर्‍यो, को(कोले हेरे, कोले हेरेन यी प्रश्नहरूले उनीहरूमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्छन्। मान्यता पाउने आशाले उनीहरू आफ्नो वास्तविकता भन्दा बाहिर निस्कन बाध्य हुन्छन्। लोकप्रियता बढाउने नाममा खतरनाक गतिविधि गर्ने, अनुचित सामग्री अपलोड गर्ने, विवादास्पद भिडियो बनाउने र अत्यधिक आकर्षक देखिने प्रयासले उनीहरूलाई वास्तविक जीवनभन्दा वर्चुअल प्रदर्शनमा बढी केन्द्रित बनाएको छ। यो प्रवृत्ति केवल व्यक्तिगत जोखिम होइन, समाजकै मूल्य मान्यता क्षय हुने एक सूक्ष्म तर खतरनाक संकेत हो।

यता, एआईको विस्तारले किशोरहरूको दिमागमा अर्को किसिमको निर्भरता जन्माइदिएको छ। एआई च्याटबोटसँग कुरा गर्न सकिने, एआईले होमवर्क तयार गरिदिने, एआईले फोटो(भिडियो बनाइदिने, एआईले खेल्न सहयोग गर्ने जस्ता सुविधाहरूले उनीहरूलाई स्वतन्त्र सोचभन्दा सजिलो बाटो रोज्न प्रेरित गरिरहेको छ। एआईसँग संवाद गर्दा “साथी” भएको अनुभूति हुने, एआईले कहिल्यै अस्वीकार नगर्ने र तुरुन्त उत्तर दिने गुणले उनीहरूलाई वास्तविक मानवीय सम्बन्धभन्दा कृत्रिम सम्बन्धको प्रयोगमा तानिरहेको छ। यसले दीर्घकालीन रूपमा उनीहरूको व्यवहारिक परिपक्वता, सामाजिक संचार क्षमता, सिर्जनशीलता र आलोचनात्मक सोचलाई कमजोर पार्छ।

डिजिटल र एआईको अत्यधिक प्रयोग किशोर(किशोरीको मानसिक स्वास्थ्यमा गहिरो असर पारिरहेको छ। मोबाइल नपाउँदा उनीहरूमा देखिने बेचैनी, असहजता, आक्रोश र चिडचिडापन सामान्य होइनस यो डिजिटल बञ्चनाको संकेत हो। निरन्तर स्क्रिनमा बिताएको समयले उनीहरूको ध्यान क्षमतामा तीव्र गिरावट ल्याएको छ। पुस्तक पढ्न, एकै काममा लामो समय ध्यान दिन, पढाइमा निरन्तरता राख्न, वा सोच्न–विश्लेषण गर्न गाह्रो पर्न थालेको छ।

सामाजिक सञ्जालले उनमा ष्लकतबलत नचबतषष्अबतष्यल अर्थात् तुरुन्तै आनन्द चाहने मानसिकता निर्माण गरिदिएको छ, जसले प्रयास, धैर्य, दिनचर्या र संघर्षको मूल्य घटाइदिन्छ। लाइक र कमेन्ट नआएपछि उनीहरू निराश, उदास र आत्मसम्मानमा चोट पर्ने अवस्थासम्म पुग्छन्। शारीरिक स्वास्थ्यमा पनि डिजिटल लतले गम्भीर असर पुर्‍याएको छ। निरन्तर स्क्रिन भहउयकगचभ ले आँखाको समस्या, धुमिलो देखिनु, आँखाको पानी सुकेको अवस्था, कम उमेरमै चस्मा लाग्ने समस्या बढेको छ।

लामो समय मोबाइल हेरिरहँदा गर्दन र ढाडको समस्या, कम उमेरमै ूटेक–नेकू नामक समस्या देखिन थालेको छ। घरभित्र मोबाइल हेर्दै बस्ने बानीले बाहिरी खेलकुद, शरीर चलाउने, दौडधूप गर्ने गतिविधि घटेको छ, जसले मोटोपन, सुस्तता र कमजोर प्रतिरक्षा प्रणालीजस्ता जोखिम बढाएको छ। राति अबेरसम्म मोबाइल चलाउँदा निलो प्रकाशको असरले उनीहरूको निद्रा चक्र बिथोलिन्छ, जसले मानसिक तनाव, अस्थिरता, थकान र दिनभर कमजोर ऊर्जा उत्पन्न गर्छ।

समाजसमेत यसका प्रभावबाट अछूतो छैन। किशोर(किशोरी वास्तविक जीवनभन्दा वर्चुअल जीवनमा जति धेरै डुबिन्छन्, उनीहरूको सामाजिक व्यवहार त्यति नै कमजोर हुँदै जान्छ। परिवारभित्र संवाद घट्दै गएको छस एउटै कोठामा बसेर पनि सबै सदस्य आफ्नो–आफ्नै मोबाइलमा हराइरहेको दृश्य अहिले सामान्य भइसकेको छ। सामुदायिक कार्यक्रम, खेलकुद, बैठक, सांस्कृतिक क्रियाकलाप, सामूहिक जिम्मेवारीमा सहभागिता घट्दै छ। यसले सामाजिक सम्बन्धहरू कमजोर पार्दै सबैलाई व्यक्तिगत–केन्द्रित बनाइरहेको छ।

किशोर-किशोरी साइबर बुलिइङ, फेक आइडी, अनलाइन ब्ल्याकमेल, गलत प्रयोग, ठगी र ह्याकिङजस्ता समस्याका शिकार बन्ने सम्भावना बढेको छ। डिजिटल जगतमा अपरिपक्वता भएका कारण उनीहरू सजिलै प्रभावित, ठगिएका, दुरुपयोग गरिएका वा गलत गतिविधिमा लागेका घटना पनि बढेका छन्। डिजिटल र एआई आधुनिकताको अनिवार्य हिस्सा हुन्, तर यसको अत्यधिक प्रयोगले सिर्जना गरेको निर्भरता ठूलो सामाजिक चुनौती बनिरहेको छ।

प्रविधि सुविधा हो, तर लत कहिल्यै सुविधा हुँदैन। किशोर–किशोरीको भविष्य सुरक्षित राख्न डिजिटल प्रयोगमा सन्तुलन, नियन्त्रण र सचेतता अत्यावश्यक छ। डिजिटल संसारलाई रोक्न सकिँदैन, तर प्रयोगका सीमा निर्धारण गर्न सकिन्छ। अभिभावक, विद्यालय, समाज र स्वयं किशोर(किशोरी(सबैले मिलेर स्वस्थ डिजिटल संस्कृतिको निर्माण गरे मात्र भविष्यको पुस्ता मानसिक रूपमा स्वस्थ, सामाजिक रूपमा सक्षम र व्यवहारिक रूपमा जिम्मेवार बन्न सक्छ।

Previous Post

सामाजिक सुरक्षा कोषमा योगदान रकम रु एक खर्ब नजिक, २६ लाख योगदानकर्ता

Next Post

बारामा प्रहरी र तस्कर समूहबीच गोली हानाहान : चार मोटरसाइकल र मोबाइल बरामद

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In