काठमाडौं । जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई निर्वाचन घोषणा गरिएसँगै मतदाता नामावलीमा उल्लेखनीय वृद्धि भएको छ। निर्वाचन आयोगका अनुसार ९ असोजदेखि ५ मंसिरसम्म खुला गरिएको मतदाता नामावली संकलन कार्यक्रममा ८ लाख ३७ हजार ९४ नयाँ मतदाता सूचीकृत भएका छन्।
आयोगका अनुसार थपिएका मतदातामा पुरुष ४ लाख ७३ हजार ३४५, महिला ३ लाख ६३ हजार ७७८ तथा अन्य ६१ जना छन्।
मतदाता सूचीकृत हुनेहरूमध्ये ३ लाख ४४ हजार ९१४ आयोगको नियमित प्रक्रियाबाट तथा ४ लाख ९२ हजार १८० जना राष्ट्रिय परिचयपत्र (बायोमेट्रिक) आधारबाट दर्ता भएको आयोगले जनाएको छ।
यसअघि १६ कात्तिकसम्म देशभर १ करोड ८१ लाख ६८ हजार २३० मतदाता थिए। नयाँ दर्तासँगै आगामी निर्वाचनमा सहभागिताको आधार अझ विस्तारित भएको आयोगको निष्कर्ष छ।
