काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नयाँ राजनीतिक दल ‘सम्मुनत नेपाल पार्टी’ गठन गरेका छन्। पार्टी दर्ताका लागि कात्तिक ३० गते राजबाबु यादवले निर्वाचन आयोगमा निवेदन बुझाएका छन्।
खनालका अनुसार देश निर्माणमा प्रत्यक्ष नेतृत्व लिने उद्देश्यले पार्टी खोलिएको हो।
उनले २०७९ को प्रतिनिधिसभा चुनावमा काठमाडौं–६ बाट एमाले तर्फबाट उम्मेदवारी दिएका थिए तर पराजित भएका थिए। तनहुँ–१ को उपनिर्वाचनमा पनि उनी पराजित भएका थिए।
