वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणको लागु औषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।प्रहरीले बिहीबार करिब १२ः०० मध्यान्हको समयमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा भारत बिहारको बैशाली जिल्ला बिदुपुर ग्रामका वर्ष ३० का राजा कुमारको साथबाट ३ केजी १९० ग्राम, राजामाईकल पञ्चायतका बर्ष ३० कै बिशाल कुमारको साथबाट ३ केजी २५० ग्राम र बिहार छपरा जिल्लाको सोनपुरका बर्ष ४० का पिन्टु कुमारको साथबाट ३ केजी ३०० ग्राम गरी नौ केजी गाँजा बरामद गरेको हो ।
नेपालबाट भारततर्फ पैदल हिँडिरहेका शङ्कास्पद तीन जना व्यक्तिहरूलाई पर्सागढी नगरपालिका वडा नं. ९, बडेर्वा पेट्रोलपम्प नजिकको सडकखण्डबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकार प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।
विशेष सूचनाको आधारमा प्रहरी चौकी मनवाबाट खटिएको टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट ९ केजी ३८० ग्राम लागु औषध गाँजा बरामद भएको थियो ।
