काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेका छन् । ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन सोमबार कतारको राजधानी दोहा प्रस्थान गरेका हुन् ।
शिखर सम्मेलन दोहामा कात्तिक १८ देखि २० गतेसम्म यो सम्मेलन आयोजना हुँदैछ । राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललगायतले बिदाइ गरेका थिए ।
देशका विशिष्ट पदाधिकारीहरूले गरेको यो बिदाइले राष्ट्रपतिलाई ‘सामाजिक विकास’ का लागि पठाउने काममा कुनै कमी नहोस् भन्ने सन्देश दिएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय गरेको थियो ।राष्ट्रपति पौडेलसहितको टोलीले यही कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछ । गत
