वीरगन्ज । पर्सा प्रहरीले अपहरण, शरीर बन्धक र बलात्कारको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका(२, सिसियाडी घर भई हाल वीरगन्ज महानगरपालिका९१३, राधेमाईमा नेक मोटरसाइकल वर्कशप सञ्चालन गर्ने ४० वर्षीय नेक महम्मद र रौतहट घर भई सोही वर्कशपमा काम गर्ने २१ वर्षीय अफताब अन्सारी रहेका छन्।
पीडित महिलाले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई साउन २० गते दिउँसो वीरगन्ज महानगरपालिका९१५, प्रतिमा चोकबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार, २०८२ वैशाख २० गते दिउँसो करिब ३ बजे पीडित महिला आफ्नै बाख्राको गोठबाट घर फर्कंदै गर्दा दुई जना अज्ञात व्यक्तिले बाटोमा घेरा हालेका थिए।
उनीहरूले पीडितको मुखमा कपडा कोचेर आँखामा कालो पट्टी बाँधी बसपार्कस्थित गणेश होटल एन्ड लजको दोस्रो तल्लामा लगेर कोठाभित्र थुनेका थिए। त्यहाँ उनीहरूले पालैपालो जबरजस्ती करणी गरेको पीडितको भनाई छ। तीन दिनपछि, अर्थात् वैशाख २३ गते बिहान ८ बजे पीडितलाई रगताम्मे अवस्थामा वीरगन्जको घडिअर्वा पोखरीको गल्लीमा छाडेर उनीहरू भागेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार, पक्राउ परेका दुवै आरोपीलाई अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणीको कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
