सर्लाही । सर्लाहीको लालबन्दीबाट करिब साढे पाँच किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
लालबन्दी नगरपालिका वडा नम्बर १५ स्थित बोहोरे डाँडामा प्रहरीले चेकजाँच गर्ने क्रममा बा.प्र.०२-०३२ प ५७१२ नम्बरको मोटरसाइकलमा सवार २१ वर्षीय सञ्जीव घिसिङलाई पक्राउ गरेको हो।
कालिन्जोरबाट परवानीपुरतर्फ आउँदै गरेका लालबन्दी-१४ का घिसिङको झोला जाँच गर्दा ५.३३० किलोग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।
पक्राउ परेका घिसिङलाई सम्मानित सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय, लालबन्दीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले गाँजा र मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

