वीरगञ्ज । ‘सुबोध स्मृति पत्रकारिता पुरस्कार’ वीरगञ्जका पत्रकार क्रान्ति शाहलाई प्रदान गर्ने भएको छ । स्व.पत्रकार सुवोध सिंहको स्मृतिमा स्थापना गरिएको ‘सुवोध स्मृति पत्रकारिता’ पुरस्कार यसबर्ष अन्नपूर्ण पोष्ट दैनिकका पर्सा संवाददाता तथा मधेस खबर डटकम अनलाईनका सञ्चालक शाहलाई दिने निर्णय गरेको हो ।
प्रतीक प्रकाशन समूहको वार्षिकोत्सवको अवसरमा हरेक बर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ।
शनिबार बसेको समूहको बैठकले शाहलाई ५१ हजार राशीको ‘सुवोध स्मृति पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष तथा आर्थिक अभियान दैनिकका मधेस ब्यूरो प्रमुख ओमप्रकाश खनाललाई ‘उत्कृष्ट स्तम्भकार’ र प्रतीक दैनिकका संवाददाता प्रमोद यादवलाई ‘उत्कृष्ट संवाददाता’ को रूपमा सम्मानित गर्ने निर्णय गरेको हो ।
भदौ १ गते प्रतीक दैनिकको बार्षिकोत्सवमा उक्त पुरस्कार प्रदान गरिने प्रतीक दैनिकका संवाददाता राधेश्याम पटेलले जानकारी दिए ।