काठमाडौँ । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत ९ऋभ्इ० पदमा पीताम्बर भण्डारीलाई नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको सिफारिस, प्रस्ताव अनुसार भण्डारीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसैबीच, बुधबार अर्थ मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिएका छन् ।
सो अवसरमा अर्थमन्त्री वाग्लेले संस्थाको गरिमा उच्च राख्दै नागरिकको निक्षेप सुरक्षा र वित्तीय स्थायित्वको जिम्मेवारीमा पूर्ण रूपमा कटिबद्ध भएर लाग्न निर्देशन दिए ।


