• Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos
Saturday, October 31, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

दशगजाक्षेत्रमा बनाईएका अवैध संरचना र मदिरा पसलहरु नेपाल भारतको संयुक्त सुरक्षा निकायले हटायो

by
प्रकाशित मिति : ४ बैशाख ०८:२४
दशगजाक्षेत्रमा बनाईएका अवैध संरचना र मदिरा पसलहरु नेपाल भारतको संयुक्त सुरक्षा निकायले हटायो
2
SHARES
21
VIEWS

वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिका–४ स्थित दशगजा क्षेत्रमा अतिक्रमण गरी बनाइएका अवैध संरचना र मदिरा पसलहरू सुरक्षा निकायको संयुक्त टोलीले हटाएको छ। बिहीबार नेपाल र भारतका सुरक्षाकर्मीहरूको संयुक्त टोलीले सीमा क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका भट्टी र टहराहरू भत्काएको हो।

बिन्दबासिनीको प्रसौनीभाठ्ठा र अमरपट्टीको सीमा ईलाकामा सञ्चालित यी संरचनाहरूले सीमा सुरक्षा र व्यवस्थापनमा चुनौती थपेको निष्कर्ष निकाल्दै दुवै देशका सुरक्षा अधिकारीहरूले सक्रियता देखाएका हुन्।

उक्त अभियानमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म हेडक्वाटर अलौ, प्रहरी चौकी अमरपट्टी र भारतको पूर्वी चम्पारणस्थित ४७औँ बटालियन एसएसबी धुपाटोलाको संयुक्त टोली परिचालन भएको थियो।

ADVERTISEMENT

टोलीले दशगजा क्षेत्रलाई मिचेर बनाइएका नेपालतर्फका ५ वटा टहरा, ३ वटा मदिरा पसल र एउटा भट्टी नष्ट गरेको छ। त्यसैगरी भारतीय सुरक्षाकर्मीहरूले आफ्नो क्षेत्रतर्फ रहेका ३ वटा टहराहरू पनि हटाएका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं.–१३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाका अनुसार सीमा क्षेत्रमा हुने अवैध गतिविधि र अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यले यो कदम चालिएको हो।

खुला सिमानाको फाइदा उठाउँदै दशगजामा अनधिकृत पसल र टहराहरू निर्माण हुने क्रम बढेपछि दुवै पक्षबीचको समन्वयमा यो कारबाही गरिएको हो। सुरक्षा निकायले आगामी दिनमा पनि यस्ता खाले अतिक्रमण हुन नदिन नियमित अनुगमन र कडा निगरानी राख्ने जनाएको छ।

Previous Post

इजरायलसहित ४ देशमा पुनः श्रम स्वीकृति खुला

Next Post

जब १०० रुपैयाँको रसिदले पुस्तौँको ‘रोटी–बेटी’ सम्बन्ध जोख्न थाल्छ !

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

No Result
View All Result
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३