• Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos
Saturday, October 31, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्जको आदर्शनगरमा सशस्त्र प्रहरीको छापा : व्यापारीको आक्रमणबाट एक सुरक्षाकर्मी घाइते

by
प्रकाशित मिति : २६ माघ ११:२३
वीरगन्जको आदर्शनगरमा सशस्त्र प्रहरीको छापा : व्यापारीको आक्रमणबाट एक सुरक्षाकर्मी घाइते
14
SHARES
151
VIEWS

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र आदर्शनगरस्थित एक गोदाममा सशस्त्र प्रहरी र वीरगन्ज भन्सार कार्यालयको टोलीले छापा मारेको छ।

राजस्व छलीको आशंकामा गरिएको उक्त छापामारीका क्रममा व्यापारी र सुरक्षाकर्मीबीच झडप हुँदा एकजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन्।

सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल, वीरगन्ज भन्सारका सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीका अनुसार विशेष सूचनाका आधारमा आदर्शनगरको एक गोदाममा टोली पुगेको थियो।

ADVERTISEMENT

टोलीले गोदाममा खानतलासी सुरु गरेपछि स्थानीय व्यापारीहरूले त्यसको विरोध गरेका थिए। व्यापारीहरूले आफूसँग सामानको स्पष्ट बिलबिजक भएको दाबी गर्दै सशस्त्र प्रहरीले विनाकारण जबरजस्ती गरेर दुःख दिएको आरोप लगाएका छन्।

सोही क्रममा आक्रोशित व्यापारीहरूको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको सशस्त्र प्रहरीले जनाएको छ। आक्रमणबाट घाइते भएका सुरक्षाकर्मीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। व्यापारीले प्रहार गरेको ढुङ्गा प्रहारबाट सशस्त्र प्रहरी चढेको गाठीको अगाडिको सिसा पनि फुटेको छ ।

सशस्त्र प्रहरीले उक्त गोदामबाट उल्लेख्य मात्रामा सामान नियन्त्रणमा लिएको भए पनि त्यसको विस्तृत विवरण र परिमाण आउन अझै बाँकी रहेको जनाएको छ।

‘अहिले हामी सामानको लगत लिने र मुचुल्का उठाउने काम गरिरहेका छौँ। गोदाम कसको हो भन्नेबारे पनि स्पष्ट भइसकेको छैन, हामी अनुसन्धान गर्दैछौँ’ प्रहरी नायव उपरीक्षक विकास अधिकारीले भने ।

यता व्यापारीहरूले भने राज्यले वैध रूपमा व्यवसाय गर्नेहरूलाई पनि तस्करको शैलीमा व्यवहार गरेको भन्दै असन्तुष्टि पोखेका छन्। बिलबिजक देखाउँदा देखाउँदै पनि सामान नियन्त्रणमा लिन खोजेपछि स्थिति नियन्त्रण बाहिर गएको उनीहरूको भनाइ छ।

अहिले आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन केसीले बताएका छन्।

Previous Post

प्रतिनिधिसभा निर्वाचन: आयोगद्वारा वडास्तरमै ‘मतदाता शिक्षा’ तीव्र, प्रत्येक वडामा स्वयंसेवक परिचालन गरिने

Next Post

सिरहा कारागारमा छापा: हतियार र नगदसहित नाइके पक्राउ, कैदीबन्दीद्वारा आगजनी र प्रदर्शन

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

No Result
View All Result
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३