वीरगन्ज । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन युवा कम्युनिस्ट लीग (थ्ऋी) नेपाल, पर्साको पहिलो जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार जिल्ला समन्वय समिति पर्साको सभाकक्षमा भएको सम्मेलनको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज विजय महतोले उदघाटन गरे ।
वाईसियल जिल्ला संयोजक दीपेन्द्र सिंह पटेलको अध्यक्षतामा भएको उदघाटन सत्रमा नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य रामबाबु बैठा, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी दुर्गा क्षेत्री, वाईसियल नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज सन्तोष पटेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
यसैबीच सम्मेलनबाट दिपेन्द्र सिंह पटेलको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरिएको छ ।
नवगठित समितिमा वरिष्ठ उपाध्यक्षमा शिवशंकर कलवार, उपाध्यक्षमा परमानन्द राम चयन भएका छन् । संगठनको सचिवको जिम्मेवारी चन्दन चन्द्र बंसीलाई दिइएको छ । सह–सचिवतर्फ सौर्य राज पटेल, चन्दन रौनियार, करण साह र विकेश रामले जिम्मेवारी पाएका छन् ।