काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तिहार र छठ पर्वयता भएका प्रमुख कार्यसम्पादनका उपलब्धिहरू सार्वजनिक गरेको छ।
यस अवधिमा प्रधानमन्त्री वालेन्द्र शाहले सम्पन्न गरेको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा भएका उपलब्धि सहित कार्यसम्पादन सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले पत्रकार सम्मेलन गरेर दुवै देशका प्रधानमन्त्रीबाट संयुक्त रूपमा शिलान्यास गरिएको तल्लो अरुण जलविद्युत् परियोजनाको पहिलो प्याकेजका लागि ११ अर्ब ४९ करोड २ि१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वान गरिएको जानकारी दिएको छ।
साथै जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको पुनर्स्थापना र सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेज कार्यान्वयनलाई शीघ्र सम्पन्न गर्न निर्देशन दिइनुका साथै नेपाल जेनजी परिषद् गठनसम्बन्धी आदेशको मस्यौदा परामर्शका लागि पठाइएको जनाएको छ।
विपद् व्यवस्थापनतर्फ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ६२ करोड ८९ लाखभन्दा बढी रकम जम्मा भएकोमा एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ।
बजेट र कार्यक्रममा दोहोरोपना हटाउन तीन आर्थिक वर्षको तुलनात्मक अध्ययन ढाँचा तयार पारिएको छ भने सरकारी सीपमूलक तालिमको गुणस्तर सुधार्न अध्ययन कार्यदल गठन गरिएको छ।
सूचना प्रविधिका क्षेत्रमा नेपाललाई आउटसोर्सिङ र सफ्टवेयर विकासको गन्तव्य बनाउन विदेशी प्रविधि कम्पनीलाई द्रुतमार्गबाट स्वीकृति दिने विशेष लगानी सहजीकरण नीतिको तयारी अघि बढाइएको छ।
यसैगरी राष्ट्रिय दूरसञ्चार नीति २०८३ को मस्यौदा परिमार्जन प्रक्रियामा रहेको र राष्ट्रिय संवेदनशील सूचना पूर्वाधारको संरक्षणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ।
सुशासन र खरिद प्रणाली सुधारतर्फ नयाँ विद्युतीय सरकारी खरिद प्रणाली ९ई(जीपी० सञ्चालनमा ल्याइएको छ भने सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३ स्वीकृत गरिएको छ।
चारवटा मानक बोलपत्र कागजात तयार गर्न परामर्शदातालाई कार्यादेश दिइएको छ। यसबाहेक सार्वजनिक निकायका बेरुजु अनुगमन गर्न चितवन, मकवानपुर र सिन्धुलीमा प्राविधिक टोली परिचालन गरिएको छ।
लामो समयदेखि अवरुद्ध सिंहदरबार प्रवेशद्वारको गेटपास प्रणाली पुनः सञ्चालनमा ल्याइएको छ। उता नेपाल ट्रष्टको स्वामित्वमा रहेको धादिङको छत्रे देउरालीस्थित १५ हजार रोपनी जग्गाको अनुगमन गरी सम्पत्तिको दिगो उपयोग र लिजसम्बन्धी नियमावली तयार गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।



