वीरगन्ज । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले आफ्नो क्षेत्राधिकारभित्र बसोबास गर्ने भारतीय नागरिकहरूका लागि कन्सुलरसम्बन्धी गुनासो सुनुवाइ गर्न ‘खुल्ला मञ्च’ (Open Forum for Consular Grievances) सञ्चालन गरेको छ।
भारत सरकारको विदेश मन्त्रालय, काठमाडौंस्थित भारतीय दूतावास र वीरगञ्जस्थित महावाणिज्य दूतावासको नियोगअन्तर्गत चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा बसोबास गर्दै आएका भारतीय नागरिकहरूलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरिएको हो।
यस मञ्चमार्फत भारतीय नागरिकहरूले कन्सुलर सेवा, कल्याणकारी विषय तथा भोग्नुपरेका विभिन्न समस्याहरूका बारेमा विना पूर्वअप्वाइन्टमेन्ट प्रत्यक्ष रूपमा आफ्ना गुनासाहरू प्रस्तुत गर्न र समाधानका उपाय खोज्न सक्नेछन्।
भौतिक रूपमा उपस्थित हुन नसक्नेहरूका लागि टेलिफोनमार्फत आफ्ना विवरण दर्ता गराई सेवा लिने व्यवस्था पनि मिलाइएको वीरगन्ज स्थित भारतीय महावाणिज्यदूतावासले जनाएको छ ।



