वीरगन्ज । नेपालको मौलिक संवत् ११४७ वीरगन्जमा पनि भव्य रुपमा मनाईएको छ । नेवा दयः दवू पर्साको आयोजनामा वीरगन्जको शंखधर साख्वाँको शालिकमा माल्यार्पण गरेर शुरु भएको नयाँ संवत् (नेपाल संवत् ११४७) -याली शंखधर साख्वाँ पार्कमा पुगेर समापन भएको थियो ।
वीर्ता स्थित शंखधर साख्वाँको शालिकमा माल्यार्पणपछि शंखधर साख्वाँ पार्कमा भेला भएका नेवार लगायत विभिन्न स्थानीय समुदायको ¥याली आदर्शनगर, घडिअर्वा चोक, माईस्थान, घण्टाघर, गहवा दुई नम्बर रोड हुदै, दुर्गादेवीको शालिकमा माल्यार्पण गरिएको थियो ।
त्यस्तै गणेमान चोक स्थित लौह पुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पणपछि मकालु होटल चोक हुदै पुनःशंखधर साख्वाँ पार्कमा पुगेर ¥याली समापन भएको बलराम श्रेष्ठले जानकारी दिए ।
नेवा दयः दवूका जिल्ला अध्यक्ष सुन्दर श्रेष्ठको नेतृत्वमा भएको कार्यक्रममा पूर्वमन्त्री प्रदीप यादव वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह लगायत विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
शंखधर साख्वाँले गरिब दीनदुखीलाई ऋण मुक्त गरेर शुरु गरिएको नयाँ संवत्लाई विशेष गरी नेवार समुदालय विशेष महत्व दिएर मनाउने गरिन्छ । नेपालको मौलिक तथा पहिलो संवत् पनि नेपाल संवत् नै मानिन्छ ।
वि.सं. २०८० कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले सबै सरकारी कार्यालयका लेटरप्याड तथा औपचारिक कागजातहरूमा विक्रम संवत्सँगै नेपाल संवत् अनिवार्य रूपमा उल्लेख गर्ने निर्णय गरेको थियो।
तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रस्ताव र पहलमा गृह मन्त्रालयले मातहतका निकाय तथा देशभरका सरकारी कार्यालयहरूमा यो नियम कार्यान्वयनका लागि परिपत्र जारी गरेको थियो।
नेपालको आफ्नै मौलिक इतिहास र राष्ट्रिय विभूति शंखधर साख्वाःको योगदानसँग जोडिएको नेपाल संवत्लाई सरकारी कामकाजमा समावेश गर्दा यसको राष्ट्रिय महत्व स्थापित गर्न मद्दत पुगेको छ।
यसले नेपाल संवत्लाई कुनै एक समुदायमा मात्र सीमित नराखी सम्पूर्ण नेपालीको साझा सम्पदाका रूपमा चिनाउन टेवा पुर्याएको छ।




