• Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos
Monday, October 26, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पर्सामा सशस्त्र प्रहरीद्वारा ४४ लाखभन्दा बढीका अवैध सामान बरामद, भन्सार दाखिला र पटका नष्ट

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : ९ कार्तिक २२:०८
पर्सामा सशस्त्र प्रहरीद्वारा ४४ लाखभन्दा बढीका अवैध सामान बरामद, भन्सार दाखिला र पटका नष्ट
11
SHARES
118
VIEWS

वीरगञ्ज । पर्सा जिल्लाका विभिन्न सीमा तथा भित्री इलाकाबाट सशस्त्र प्रहरी बलले लाखौँ मूल्य बराबरका अवैध सामान तथा तस्करीका सामग्रीहरू नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्सा तथा मातहतका विभिन्न युनिटबाट खटिएको सुरक्षा टोलीले भारतबाट भन्सार छली ल्याउँदै गरेका र विभिन्न स्थानमा लुकाइछिपाई राखिएका कुल रु। ४४ लाखभन्दा बढी मूल्यका अवैध सामानहरू बरामद गरेको हो।

गणका सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज क्षेत्रीका अनुसार बरामद गरिएका सामग्रीहरूमा लत्ताकपडा, कस्मेटिक सामान, किराना सामान, मोवाइल पार्ट्स, मोटरपार्ट्स, औषधिसहित विभिन्न किसिमका बीउबिजन र इलेक्ट्रोनिक्स सामग्रीहरू रहेका छन्।

ADVERTISEMENT

कारवाहीको विवरणअनुसार गण हेडक्वाटर तथा मातहत टोलीले सीमा क्षेत्रबाट विभिन्न सवारी साधनमा लोड गरी ल्याउँदै गरेको रु. ७ लाख १० हजार ५२० रुपैंया बराबरको कपडा, कस्मेटिक तथा किराना सामानहरू नियन्त्रणमा लिएको छ।

त्यस्तै, बोर्डर आउट पोष्ट (बि.ओ.पि.) प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले मिति कार्तिक ६ गते विन्दवासिनी गाउँपालिका वडा नं. ५ प्रसौनिभाठ्ठा क्षेत्रमा चेकजाँचका क्रममा बा.६३ प ६८१५ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रूपमा ल्याइएको रु. १८ लाख ४१ हजार ५०० मूल्य बराबरको मोबाइल पार्ट्स तथा सोही बीओपीबाट खटिएको अर्को टोलीले रु. ५९ हजार ४० रुपैया बराबरको कपडा र मोटरपार्ट्स बरामद गरेको छ।

यसैगरी, बीओपी ड्राइपोर्ट पर्साबाट खटिएको पैदल गस्ती टोलीले कार्तिक ७ गते वीरगञ्ज महानगरपालिका वडा नं. २५ खल्वास्थित धानखेतमा बेवारिसे अवस्थामा फेला परेको मानिसले प्रयोग गर्ने विभिन्न प्रकारका औषधी र अन्य सामग्रीसहित रु.८ लाख १७ हजार ६८० मूल्य बराबरको मालसामान नियन्त्रणमा लिएको छ।

साथै, सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले विभिन्न मितिमा रु. ३ लाख ५ हजार ६२ रुपैया बराबरको खरबुजाको बीउ, तोरी र कपडा, सीमा सुरक्षा गुल्म वीरगञ्जले रु. एकलाख ८४ हजार रुपैंया बराबरको कपडा तथा इलेक्ट्रोनिक्स सामान र बीओपी सिर्सियाले रु. दुईलाख १६ हजार रुपैंया बराबरको कपडा बरामद गरेको छ।

यसरी विभिन्न मितिमा नियन्त्रणमा लिइएका सम्पूर्ण अवैध सामानहरू आवश्यक कारबाहीका लागि कार्तिक ८ गते आईतबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले जनाएको छ।

यसैबीच, नजिकिँदै गरेको तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका प्रतिबन्धित पटकाहरू पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ।

पर्साका विभिन्न स्थानबाट बरामद गरिएका करिब रु. तीन लाख मूल्य बराबरका विभिन्न प्रकारका पटकाहरू स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी र सरोकारवालाहरूको उपस्थितिमा आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको छ।

जिल्लामा हुने अवैध तस्करी, चोरीपौरी तथा सीमा अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरीले सुरक्षा जाँच तथा गस्तीलाई थप कडा पारिएको जनाएको छ।

Previous Post

‘नेता तथा कार्यकर्ता जनताको बिचमा आएर मात्र पुग्दैन, जनताको बिचमै बसेर काम गर्नुपर्छ : मातृका यादव

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३