• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, October 22, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

२२ वर्षे कम्युनिस्ट आन्दोलन छोड्दै प्रभाकर गुप्ताले लिए रास्वपाको सदस्यता

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ कार्तिक ५, बुधबार १०:१३
२२ वर्षे कम्युनिस्ट आन्दोलन छोड्दै प्रभाकर गुप्ताले लिए रास्वपाको सदस्यता
1
SHARES
8
VIEWS

वीरगन्ज । दुई दशकभन्दा लामो समय कम्युनिस्ट आन्दोलन सक्रिय रहेका पर्साका युवा नेता प्रभाकर कुमार गुप्ताले अन्ततः कम्युनिष्ट पार्टी छोडेका छन् ।

विद्यार्थी राजनीति र पार्टी संगठनमा निरन्तर सक्रिय रहँदै आएका युवा नेता गुप्ताले आफ्नो राजनीतिक यात्रामा नयाँ निर्णय गरेका छन्। वि.सं. २०६१ सालदेखि कम्युनिस्ट विचार र आन्दोलनमा क्रियाशील गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) तर्फ मोडिने लगभग पक्का भएको छ।

वीरगञ्ज महानगरपालिका–१०, घडिअर्वा निवासी गुप्ताले प्रारम्भिक चरणदेखि नै विद्यार्थी राजनीतिबाट आफ्नो संगठनात्मक पहिचान बनाएका थिए।

ADVERTISEMENT

अनेरास्ववियु (क्रान्तिकारी) को पन्नालाल माध्यामिक विद्यालयको कमिटी अध्यक्षबाट सुरु भएको उनको यात्रा नगर समिति, जिल्ला समिति, प्रदेश संगठन हुँदै केन्द्रीय तहका विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरेका थिए ।

वि.सं. २०६१ मा विद्यार्थी राजनीतिमा औपचारिक प्रवेश गरेका गुप्ता २०६३ सालमा नगर समिति सदस्य, २०६४ मा जिल्ला समिति सचिवालय सदस्य र २०६६ मा पर्साको प्रतिष्ठित ठाकुरराम बहुमुखी क्याम्पसको इकाई कमिटी अध्यक्ष बनेका थिए। त्यसपछि उनको राजनीतिक यात्रा तीव्र गतिमा अघि बढ्यो।

वि.सं. २०६७ मा भोजपुरा राज्य समिति सदस्य तथा अनेरास्ववियु ९क्रान्तिकारी० पर्सा जिल्ला सचिव बनेका उनी सोही वर्ष तत्कालीन नेकपा (माओवादी केन्द्र) को पर्सा जिल्ला सदस्यमा मनोनित भए।

वि.सं.२०६९ मा संगठनको १८औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा मनोनित भएसँगै तत्कालीन एकीकृत माओवादीको पर्सा जिल्ला सचिवालय सदस्य बनेका गुप्ताले त्यसपछि केन्द्रीय सचिवालय सदस्य, मधेस प्रदेशको सह–संयोजक तथा संयोजक, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्सा जिल्ला सदस्य, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय सचिव, नेकपा माओवादी केन्द्रको क्षेत्रीय इन्चार्ज र केन्द्रीय सचिवजस्ता जिम्मेवारी सम्हाले।

पछिल्लो समय वि.सं. २०७९ मा अनेरास्ववियु (क्रान्तिकारी) को उपमहासचिव तथा २०८२ मा अखिल नेपाल खेलकुद महासंघको मधेस प्रदेश उपाध्यक्ष हुँदै केन्द्रीय सचिवको जिम्मेवारीसम्म पुगेका थिए।

लामो सांगठनिक योगदानका बाबजुद गुप्ताको राजनीतिक यात्रामा चुनावी र अवसरगत चुनौतीहरू पनि देखिए। स्ववियु सभापति पदका लागि दुईपटक उम्मेदवारी दिए पनि निर्वाचन नै स्थगित भएपछि प्रतिस्पर्धाले पूर्णता पाउन सकेको थिएन।

त्यस्तै, २०७४ मा संगठनको केन्द्रीय सचिव पदमा प्रतिस्पर्धा गरे पनि उनी पराजित हुन पुगे। संसदीय राजनीतिमा भने उनले अवसर नपाएको असन्तुष्टि रहँदै आएको छ।

वि.सं. २०७९ को प्रदेशसभा निर्वाचनमा पर्सा जिल्ला र मधेस प्रदेश समितिबाट उनको नाम एकल रूपमा सिफारिस भए पनि गठबन्धनको दलीय भागबन्डाका कारण उनी टिकट पाउनबाट वञ्चित भए।

वि.सं. २०८२ को प्रतिनिधिसभा निर्वाचनका लागि पनि उनको नाम पर्साबाट सिफारिस भएको थियो। लामो समय योगदान गर्दा पनि अवसर र न्याय नपाएको अनुभूति, र नयाँ राजनीतिक विकल्पको खोजी नै उनको सम्भावित पार्टी परिवर्तनको मुख्य कारक मानिएको छ।

स्थानीय तहमा बलियो पकड र कार्यकर्तामाझ पहुँच भएका गुप्तालाई निडर, स्पष्ट वक्ता र वैचारिक बहसमा रुचि राख्ने युवा नेताका रूपमा हेरिन्छ।

राजनीतिमा पदभन्दा विचार, संगठनभन्दा जनताप्रतिको उत्तरदायित्व र भाषणभन्दा व्यवहार महत्त्वपूर्ण हुन्छ भन्ने दृष्टिकोण राख्ने गुप्ताले भूगोलमा रहेर जनजीविकाका सवाललाई नीतिगत तहसम्म पुर्‍याउने प्रयास गर्दै आएका छन्।

२२ वर्ष बिताएको कम्युनिस्ट आन्दोलन र विचार छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोज्ने सम्भावनालाई उनको राजनीतिक जीवनको ठूलो परिवर्तनका रूपमा हेरिएको छ।

यद्यपि, रास्वपा प्रवेशको औपचारिक घोषणा र आगामी राजनीतिक रणनीति सार्वजनिक भएपछि मात्रै यो निर्णयले आधिकारिक स्वरूप लिनेछ।

यदि गुप्ताको रास्वपा प्रवेश औपचारिक रूपमा सम्पन्न भएमा, पर्सा जिल्ला र समग्र मधेस प्रदेशमा रास्वपाको संगठनात्मक विस्तार तथा युवा नेतृत्व परिचालनमा महत्त्वपूर्ण प्रभाव पर्ने अनुमान गरिएको छ।

जेनजी आन्दोलन अघिदेखि नै कम्युनिष्ट पार्टीमा युवाहरुको सहभागितामा जोड दिदै आएपनि व्यावहारिक कार्यान्वयनमा चुकेको तत्कालिन नेकपा (माओवादी केन्द्र) का युवा विद्यार्थी नेताहरुले पार्टी छोड्ने क्रम बढेको छ ।

खासगरी नेतृत्वले नवआगन्तुकहरुलाई प्राथामिकता दिने र पूराना कम्युनिष्ट विचारबाट प्रशिक्षित युवा नेताहरुलाई अवसर नदिँदा पार्टी छोड्ने क्रम बढेको हो ।

तत्कालिन नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दशन शर्माले विद्रोह गरेपछि पर्साका पूराना विद्यार्थी नेताहरु अभिताभबच्चन दास, बालकृष्ण श्रेष्ठ, संतोष घिमिरे लगायतका विद्यार्थी राजनीतिबाट खारिएका नेताहरुले पार्टी छोडेका थिए ।

जेनजी आन्दोलनपछि पनि पार्टीमा युवाहरुको भूमिकालाई नेतृत्वले नजरअन्दाज गर्दा युवा विद्यार्थीहरुले पार्टीप्रति असन्तुष्टि जनाउदै आएका थिए । पार्टी नेतृत्व यसप्रति गम्भीर नहुँदा युवाहरुले पार्टी छोड्न बाध्य भएको गुप्ताले बताए ।

Previous Post

५ ग्राम ६९ मिलिग्राम ब्राउनसुगर र मोटरसाईकल सहित एक भारतीय पक्राउ

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In