वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले प्रतिबन्धित लागू औषध र मोटरसाईकल सहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. ड्राईपोर्टबाट खटिएको टोलीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२५ सिर्सियास्थित सीमा क्षेत्रमा जाँच गर्नेक्रममा भारतको बिहार राज्य स्थित मोतिहारी मिश्र कलोनी डंकनरोड–७ बस्ने २८ वर्षीय रितेश कुमारलाई नियन्त्रणमा लिएको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शङ्कास्पद लागी जाँच गर्दा उनको साथबाट लुकाएर राखिएको ५ ग्राम ६९ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने प्रतिबन्धित लागूऔषध फेला परेको सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिए ।
पक्राउ परेका व्यक्ति, बरामद गरिएको लागूऔषध तथा मोटरसाइकललाई आवश्यक कानूनी कारवाहीका लागि कार्तिक १ गते राति ११ बजे ईलाका प्रहरी कार्यालय छपकैया, पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

