वीरगंज । पर्सा प्रहरीले बहुविवाह मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं. ३ छपकैया बस्ने ३९ वर्षीय महमद साविर रहेका छन्।
पर्सा जिल्ला अदालतबाट बहुविवाह मुद्दामा १ वर्ष ४ महिना कैद सजाय ठहर भई फरार रहँदै आएका साविरलाई वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले असोज २७ गते छपकैया क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका साविरलाई तोकिएको कैद सजाय भुक्तानका लागि पर्सा जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।

