नेपालगन्ज । बाँकेको कोहलपुरस्थित एक होटलबाट अनलाइनमार्फत गैरकानुनी जुवा तथा सट्टेबाजी गराइरहेको अवस्थामा ४८ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले असोज ६ गते कोहलपुर नगरपालिका–११ न्यु रोड्रोडस्थित ुहोटेल म्याक्सुमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा गरिएको उक्त अपरेसनका क्रममा ४६ जना भारतीय नागरिक र २ जना नेपाली नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए।
प्रहरीले सट्टेबाजीका लागि प्रयोग भइरहेका २८ थान ल्यापटप, ८१ थान विभिन्न कम्पनीका मोबाइल र १६ थान नोटबुक समेत बरामद गरेको छ।

