वीरगञ्ज । मधेश प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालय पर्साको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा उनले कार्यालयबाट सम्पादन भइरहेका समग्र प्रहरी सेवा प्रवाह, शान्ति सुरक्षाको अवस्था तथा प्रशासनिक गतिविधिबारे विस्तृत जानकारी लिए ।
अनुगमनका क्रममा डीआईजी अधिकारीले कार्यसम्पादनलाई अझ प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउन आवश्यक पृष्ठपोषण प्रदान गरेका छन् ।
त्यसैगरी, डीआईजी अधिकारीले जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई पेसागत मर्यादा कायम राख्दै सीमा सुरक्षा, अपराध नियन्त्रण, र गैरकानुनी गतिविधि रोकथाममा शून्य सहनशीलता अपनाएर उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए ।
सेवाग्राहीसँग नम्र र सम्मानजनक व्यवहार गर्दै समाजमा शान्ति सुरक्षाको प्रत्याभूति गराउनु प्रहरीको पहिलो कर्तव्य भएकोमा उनले जोड दिए । डीआईजी अधिकारीद्वारा पर्साको ग्रामीण क्षेत्रका विभिन्न प्रहरी युनिटहरुमा समेत स्थलगत निरीक्षण गरेका छन् ।

