वीरगन्ज । विगत केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाभित्रका विद्यालयहरूको पठनपाठन अवधि परिमार्जन गरिएको छ।
महानगरपालिका अन्तर्गतको शैक्षिक प्रशासन महाशाखाले एक सूचना जारी गर्दै आगामी असार २२ र असार २३ गते दुई दिनका लागि कक्षा सञ्चालनको समय परिवर्तन गरेको जानकारी दिएको हो।
नयाँ व्यवस्था अनुसार ती दुई दिन सबै विद्यालयहरूले अनिवार्य रूपमा बिहान ६:०० बजेदेखि ९:३० बजेसम्म मात्र पठनपाठन गराउनुपर्नेछ।
शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेका अनुसार चर्कँदो घाम र बढ्दो तापक्रमका कारण विद्यार्थीहरू बिरामी पर्न सक्ने जोखिम बढेकाले यो निर्णय लिइएको हो।
महानगरले सम्बन्धित सबै विद्यालयहरूलाई यस निर्देशनको पूर्ण पालना गर्दै सोही बमोजिम कक्षा सञ्चालन गराउन सूचित गरेको छ।
यो निर्णयसँगै विद्यार्थीहरूलाई दिउँसोको चर्को गर्मीबाट जोगाउन ठूलो राहत मिल्ने अपेक्षा गरिएपनि विद्यालय र विद्यार्थीलाई भने पाठ्यक्रम नसकिने चिन्ता बढेकाे छ ।

