• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, July 5, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

रोजगार सेवा केन्द्रहरुलाई निजीक्षेत्रसँग जोड्न आवश्यक

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ असार २०, शनिबार १९:२९
रोजगार सेवा केन्द्रहरुलाई निजीक्षेत्रसँग जोड्न आवश्यक
3
SHARES
29
VIEWS

वीरगन्ज । स्थानीय तहमा सञ्चालित सरकारी रोजगार सेवा केन्द्रहरूलाई प्रभावकारी बनाउन अब निजीक्षेत्रको प्रत्यक्ष सहभागिता गराइने भएको छ। विश्व श्रम बजारको ८० प्रतिशत रोजगारी निजीक्षेत्रमै रहने यथार्थलाई आत्मसात् गर्दै रोजगारदाता र सरकारी संयन्त्रबीच सिधा सम्पर्क गराउने तयारी सुरु भएको हो।

नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को संयुक्त पहलमा यस विषयलाई लिएर एक विशेष रणनीतिक प्रशिक्षण समेत सम्पन्न भएको छ।

सार्वजनिक–निजी साझेदारीको यो नयाँ मोडेललाई मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशमा नमुना परियोजना ९पाइलट प्रोजेक्ट० का रूपमा अघि बढाइएको छ।

ADVERTISEMENT

औद्योगिक विकास र जनशक्तिको उपलब्धताका हिसाबले उच्च सम्भावना बोकेका यी दुई क्षेत्रमा श्रम बजारको खाडल पुर्न र रोजगारीलाई दिगो बनाउन यो परियोजना कोशेढुङ्गा सावित हुने महासंघका सहायक निर्देशक हरि पौडेलले विश्वास व्यक्त गरे ।

अहिले सरकारी रोजगार केन्द्रहरू केवल प्रशासनिक काममा मात्र सीमित भएको र परिणाम नदेखिएको भन्दै आलोचना भइरहेका बेला यो नयाँ सहकार्यले सेवा प्रवाहमा व्यापक सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रशिक्षणका क्रममा विज्ञ महेश हाडाले यो समन्वयले रोजगार संयोजकहरूको कार्यक्षमता बढाउने, कार्यस्थलमै सिकाइका अवसर सिर्जना गर्ने र दक्ष जनशक्तिलाई सीधै उद्योगहरूसँग जोड्ने प्राविधिक मार्गचित्र प्रस्तुत गरे ।

Advertisment Advertisment Advertisment

साझेदारीका लागि आवश्यक प्राविधिक प्रणाली, श्रम बजारको तथ्याङ्क र आर्थिक स्रोतको वैज्ञानिक परिचालन कसरी गर्ने भन्नेबारे समेत नयाँ खाका तयार पारिएको छ।

यता, स्थानीय तहका रोजगार संयोजकहरूले भने सेवा केन्द्रहरूको भूमिका तत्कालै उत्पादनमूलक नभई सेवामूलक भएकाले यसको नतिजा बाहिर आउन समय लाग्ने स्पष्ट पारेका छन्।

सीमित स्रोत र साधनका बीच पनि आफूहरूले काम गरिरहेको दाबी गर्दै उनीहरूले प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता राज्यका ठूला योजनाहरूको अनुगमन प्रणाली चुस्त बनाउन सके मात्र नयाँ प्रयासहरूले सार्थकता पाउने धारणा राखेका छन्।

Previous Post

टीभीएस मोटरसाईकल कम्पनीको कार्यालयमा प्रहरीको छापा, एकजना पक्राउ

Next Post

भिडियो सार्वजनिक भएपछि सरिया खातुन मृत्यु प्रकरणमा अनुसन्धान तीव्र, एक जना पक्राउ

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In