वीरगन्ज । वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले टीभीएस मोटरसाईकल कम्पनीको कार्यालयमा छापा मारेको छ । प्रहरी निरीक्षक नविन थापा मगरको नेतृत्वमा गएको प्रहरी टोलीले यातायात व्यावस्था कार्यालय नजिकै रहेको टीभीएस मोटरसाईकल कम्पनीको कार्यालयमा छापा मारेको हो ।
कार्यालयबाट शंकास्पद गतिविधिहरु हुने गरेको सूचनाको आधारमा प्रहरीले छापा मारेर एकजना कर्मचारीलाई नियन्त्रणमा लिईएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नविन थापा मगरले जानकारी दिए ।
प्रहरीले टीभीएस मोटरसाईकल कम्पनीको कार्यालयबाट कागजातहरु पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । नियन्त्रणमा लिईएको कागजात र कर्मचारीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा लाने तयारी गरिएको प्रहरी निरीक्षक थापा मगरले बताए ।

