• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 25, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्जमा पहिलो पटक आयोजना गरिएको नमूना रोजगार मेलामा २० जना रोजगारीका लागि छनोट

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ असार ११, बिहीबार १८:४९
वीरगन्जमा पहिलो पटक आयोजना गरिएको नमूना रोजगार मेलामा २० जना रोजगारीका लागि छनोट
2
SHARES
21
VIEWS

वीरगन्ज । प्राविधिक शिक्षा अध्ययन गरेका युवाहरूलाई उद्योग क्षेत्रसँग प्रत्यक्ष जोड्ने उद्देश्यले वीरगन्जमा एकदिने रोजगार मेला सम्पन्न भएको छ ।

क्वालिटी परियोजनाको प्राविधिक सहयोग तथा वीरगन्ज उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार उक्त मेला सम्पन्न भएको हो । विद्यालय तहदेखि नै गुणस्तरीय शिक्षासहित रोजगारीको पहुँच बढाउने उद्देश्यले पहिलो पटक नमुना परियोजनाको रूपमा यो मेला आयोजना गरिएको हो ।

मेलाको उद्घाटन गर्दै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले मुलुकको वर्तमान शिक्षा शैली र रोजगार बजारको मागबीच ठूलो खाडल रहेको तर्फ ध्यानाकर्षण गराए ।

ADVERTISEMENT

नेपालमा वार्षिक ५ देखि साढे ५ लाख जनशक्ति बजारमा आउने गरे पनि मुश्किलले ५० हजारले मात्र रोजगारी पाउने गरेको तथ्यांक प्रस्तुत गर्दै अध्यक्ष गौतमले साढे ४ लाख जनशक्ति बेरोजगार हुनुको मुख्य कारण माग र आपूर्तिबीचको असन्तुलन रहेको बताए।

अब परम्परागत पढाइको भरमा मात्र रोजगारी पाउन सहज नभएकोले त्यसका लागि प्राविधिक ज्ञान, सीप र क्षमता अनिवार्य भइसकेको उनको भनाई छ । रोजगारदाता र जनशक्ति उत्पादन गर्ने निकायबीचको यही दूरी कम गर्नु नै मेलाको मुख्य उद्देश्य रहेको उनले प्रस्ट पारे ।

कार्यक्रममा क्वालिटी परियोजना मधेस प्रदेशका प्रमुख छविन कुमार मगरले बजारमा एकातिर रोजगारदाताहरूले दक्ष जनशक्तिको अभाव झेलिरहेको र अर्कोतिर प्राविधिक शिक्षा लिएका विद्यार्थीहरूले काम नपाइरहेको विरोधाभासपूर्ण अवस्था रहेको बताए ।

Advertisment Advertisment Advertisment

यो समस्या न्यूनीकरण गर्न उद्योग वाणिज्य संघको पहलमा पहिलो पटक दुवै पक्षलाई एकै ठाउँमा ल्याउने प्रयास गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा धन्यवाद व्यक्त गर्दै उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधवराजपालले बजारमा आवश्यक जनशक्ति सधैं भारतबाट ल्याउने गरेको आरोप निजीक्षेत्रले खेप्दै आएको बताउदै जनशक्तिमा परनिर्भरतालाई कसरी तोड्ने संघको पहिलो प्रयास भएको बताए ।

जनशक्तिमा परनिर्भरबाट आत्मनिर्भर हुने प्रयास रोजगार मेलाले सफल पार्ने भन्दै राजपालले आयोजक र प्राविधिक सहयोग गर्ने संस्थालाई पनि धन्यवाद दिए ।

मेलामा विभिन्न प्राविधिक शिक्षालयमा अध्ययनरत तथा हालै स्नातक तह उत्तीर्ण गरेका १५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

मेलाका क्रममा विद्यार्थीहरूलाई रोजगार अभिमुखीकरण, प्रभावकारी बायोडाटा लेखन, आवेदन प्रक्रिया, अन्तर्वार्ताको तयारी तथा कार्यस्थलमा अपनाउनुपर्ने व्यावसायिक व्यवहारबारे विशेष प्रशिक्षण अनिल जैसवालले दिएका थिए ।

यस प्रकारको कार्यक्रमले प्राविधिक शिक्षालय र निजी क्षेत्रबीचको सहकार्यलाई थप बलियो बनाउने र विद्यार्थीहरूलाई श्रम बजारको वास्तविक माग बुझ्न मद्दत पुग्ने सहभागी उद्यमी तथा शिक्षण संस्थाका प्रतिनिधिहरूले विश्वास व्यक्त गरेका छन् ।

नेपाल कलेज अफ नर्सिङकी प्रिन्सिपल ममता यादवले वीरगन्जमा नर्सिङ कलेजहरुका बीचमा पनि नेपाल कलेज अफ नर्सिङलाई धेरै महत्वपूर्ण उपलब्धिमूलक कार्यक्रममा सहभागिता गराएकोमा धन्यवाद दिदै यस्ता कार्यक्रमहरु एकदमै आवश्यक भएको बताईन् ।

यस्ता मेला पहिलो पटक आयोजना गरेकोमा आयोजकलाई पनि धन्यवाद दिदै मेलाले प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरु र उद्योगहरुबीच राम्रो सम्बन्ध रहिरहोस र विद्यार्थीहरुले सजिलै रोजगारीको अवसर पनि पाओस भन्ने कामना गरिन् ।

मेलामा पर्सा र बारा औद्योगिक कोरिडोरका प्रतिष्ठित उद्योगहरू जगदम्बा इन्टरप्राइजेज, सर्वोत्तम स्टिल, के.एल. दुगड, केएनपी नेरोलक, हिमालयन डिस्टिलरी, लाइफ स्टार फार्मास्युटिकल्स, पतञ्जलि आयुर्वेद, हुलास स्टिल इन्डस्ट्रिज तथा एपेक्स फार्मास्युटिकल्स प्रालि लगायतका उद्योग प्रतिष्ठानहरुको स्टल राखिएको वीरगन्ज उद्योग वाणिज्य संघ सीप विकास परियोजना संयोजक मेराजुल हवारीले बताए ।

ती उद्योगका प्रतिनिधिहरूले मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङ विषयका १०० भन्दा बढी विद्यार्थीहरूको अन्तर्वार्ता लिएका थिए, जसमध्ये प्रारम्भिक छनोट प्रक्रियामार्फत २० जना विद्यार्थीहरू रोजगारीका लागि छानिएका छन् ।

छनोट भएका विद्यार्थीहरूलाई सम्बन्धित उद्योगमा पदअनुसार नियुक्ति प्रक्रिया अगाडि बढाइने क्वालिटी परियोजनाको मधेस प्रदेश प्राविधिक अधिकृत मित्रदेव यादवले जानकारी दिए ।

Previous Post

सशस्त्र प्रहरीद्वारा पर्साको ठोरीबाट १५८ केजी गाँजा बरामद

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In