• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 30, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

सडक विस्तारको विरोधमा वीरगञ्जका घरधनी र व्यवसायी निरन्तर आन्दोलनमा, ‘डोजर आतङ्क’ रोक्न र मुआब्जा दिन माग

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ जेष्ठ १६, शनिबार १३:४३
सडक विस्तारको विरोधमा वीरगञ्जका घरधनी र व्यवसायी निरन्तर आन्दोलनमा, ‘डोजर आतङ्क’ रोक्न र मुआब्जा दिन माग
0
SHARES
0
VIEWS

वीरगञ्ज । त्रिभुवन राजपथ अन्तर्गत वीरगञ्जको गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडक विस्तारका क्रममा आफ्ना संरचना भत्काइएको भन्दै स्थानीय घरजग्गाधनी र व्यापारीहरू निरन्तर आन्दोलनमा छन् ।

‘वीरगञ्ज युवा तथा व्यापारी सडक पीडित सङ्घर्ष समिति’ र ‘वीरगञ्ज बचाऊ सङ्घर्ष समिति’ को अगुवाइमा प्रभावितहरूले विरोध प्रदर्शन तीव्र पारेका हुन्।

सडक विभागले वीरगञ्ज महानगरपालिकाको सहयोगमा मुख्य सडकको दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रभित्र पर्ने करिब १ हजार २ सय वटा पक्की संरचनाहरू डोजर लगाएर भत्काएपछि स्थानीय बासिन्दा र व्यवसायीहरू सडकमा उत्रिएका हुन्।

ADVERTISEMENT

विस्थापित भएका र व्यवसाय संकटमा परेका पीडितहरूले आदर्शनगर चोकदेखि घण्टाघर चोकसम्मको मुख्य सडक ९मेनरोड० मा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा उनीहरूले ‘डोजर आतङ्क बन्द गर’, ‘विकासका नाममा विनाश गर्न पाइँदैन’, ‘हामीलाई उठीबास होइन, उचित मुआब्जा चाहिन्छ’ र ‘वीरगञ्जको मुख्य सडकलाई राजमार्ग नभई सहरी सडक कायम गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए।

सङ्घर्ष समितिका प्रतिनिधिहरूका अनुसार दशकौँदेखि कानुनी प्रक्रिया पूरा गरेर बनाइएका घर तथा व्यापारिक प्रतिष्ठानहरू बिनाकुनै स्पष्ट मापदण्ड र उचित क्षतिपूर्ति हठात् भत्काइनु न्यायसङ्गत छैन।

Advertisment Advertisment Advertisment

त्रिभुवन राजपथको वैकल्पिक मार्गका रूपमा बाइपास सडक सञ्चालनमा आइसकेकाले मुख्य बजार क्षेत्रको सडकलाई ‘राइट अफ वे’ भन्दै २५ मिटर नै विस्तार गर्नुको सट्टा सहरी सडकका रूपमा विकास गरिनुपर्ने उनीहरूको माग छ।

पीडितहरूले राज्यले नागरिकको सम्पत्तिको अधिकार रक्षा गर्नुपर्ने र कानुनी रूपमा ‘नेसेसिटीको सिद्धान्त’ लाई मध्यनजर गर्दै बाँकी रहेका घरहरूको सुरक्षा र भत्किएका संरचनाको उचित मुआब्जा तथा पुनर्स्थापनाको ग्यारेन्टी गर्न माग गरेका छन्।

व्यवस्थित विकल्प र विस्थापितहरूको व्यवस्थापन बिना गरिएको यो कार्यले वीरगञ्जको आर्थिक र ऐतिहासिक पहिचानमा गम्भीर धक्का लागेको भन्दै सङ्घर्ष समितिले माग पूरा नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ।

Previous Post

पर्सामा सशस्त्र प्रहरीद्वारा ८ हजार प्रतिबन्धित कुखुराका चल्ला नियन्त्रण र नष्ट

Next Post

सत्य बङ्ग्याएर होटल पर्यटन क्षेत्रलाई प्रहार गरे आन्दोलनमा उत्रने व्यावसायीको चेतावनी

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In