• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, May 25, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मधेस प्रदेशमा झण्डै २ अर्ब बेरुजु, पुँजीगत बजेटको अर्बौँ रुपैयाँ फ्रिज

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ जेष्ठ ११, सोमबार ०७:५७
मधेस प्रदेशमा झण्डै २ अर्ब बेरुजु, पुँजीगत बजेटको अर्बौँ रुपैयाँ फ्रिज
1
SHARES
13
VIEWS

जनकपुरधाम । प्रदेशमा कुल १ अर्ब ८७ करोड ३३ लाख ६१ हजार रुपैयाँ बेरुजु देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन अनुसार मधेस प्रदेशको झण्डै दुई अर्ब बेरुजु देखिएको हो ।

प्रतिवेदन अनुसार समीक्षा अवधिमा प्रदेशका कुल १३४ सरकारी निकायहरूको विनियोजन, राजस्व, धरौटी तथा अन्य कारोबार समेटेर कुल ४५ अर्ब ७० करोड ७४ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबारको लेखापरीक्षण सम्पन्न गरिएको छ ।

कुल लेखापरीक्षण भएको रकममध्ये विनियोजन खर्चतर्फ २८ अर्ब २५ करोड १२ लाख ३४ हजार रुपैयाँ र राजस्वतर्फ १४ अर्ब ६१ करोड ३२ लाख ४३ हजार रुपैयाँ रहेको छ।

ADVERTISEMENT

यसबाहेक अन्य विविध कारोबारतर्फ ७२ करोड ६ लाख ६२ हजार रुपैयाँ तथा १६ वटा अन्य संस्था एवं समितिहरूको ३ अर्ब ९८ करोड ६४ लाख ७२ हजार रुपैयाँ बराबरको लेखापरीक्षण भएको छ।

गत २०८२ साल भदौ २३ र २४ गते आएको प्राकृतिक विपद्का कारण केही सरकारी निकायहरूको लेखापरीक्षण कार्य प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ।

बाढीपहिरो तथा दुर्घटनाका कारण आवश्यक स्रेस्ता र कागजपत्र पेस हुन नसक्दा ३ मन्त्रालय, २ निकाय र ४ कार्यालयको कुल २ अर्ब ९१ करोड ४२ लाख १३ हजार रुपैयाँ बराबरको लेखापरीक्षण हुनै सकेन।

Advertisment Advertisment Advertisment

लेखापरीक्षण हुन नसकेको उक्त रकममध्ये विनियोजनतर्फ १ अर्ब ६२ करोड, राजस्वतर्फ ६६ करोड ५८ लाख २८ हजार, धरौटीतर्फ ९ करोड ६४ लाख ५७ हजार र अन्य कारोबारतर्फ ५३ करोड १९ लाख २८ हजार रुपैयाँ रहेको छ।

प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्याङ्कलाई हेर्दा मधेस प्रदेश सरकारको बजेट खर्च गर्ने क्षमता निकै कमजोर देखिएको छ। सरकारले चालु र पुँजीगततर्फ कुल ४३ अर्ब ९१ करोड २१ लाख ७० हजार रुपैयाँ विनियोजन गरेकोमा हालसम्म ३१ अर्ब २३ करोड ३६ लाख ४ हजार रुपैयाँ मात्र निकासा र खर्च गर्न सकेको छ, जुन कुल बजेटको ७१.१६ प्रतिशत मात्र हो।

विशेष गरी विकास खर्चको मुख्य कडी मानिने पुँजीगततर्फ कुल २८ अर्ब ६१ करोड ३६ लाख ७४ हजार रुपैयाँ विनियोजन भएकोमा २१ अर्ब ४७ करोड ५० लाख ७ हजार रुपैयाँ मात्र खर्च हुन सक्यो।

यसरी ७ अर्ब १३ करोड ८६ लाख ६७ हजार रुपैयाँ बराबरको पुँजीगत बजेट खर्च हुन नसकी फ्रिज हुने अवस्थामा पुगेको छ। चालुतर्फ भने १५ अर्ब २७ करोड ८४ लाख ९६ हजार रुपैयाँ विनियोजन भएकोमा ९ अर्ब ७५ करोड ८५ लाख ९७ हजार रुपैयाँ खर्च भएको छ।

निकायगत खर्चको विवरण अनुसार सबैभन्दा बढी बजेट र खर्च भौतिक पूर्वाधार विकास मन्त्रालयको रहेको छ। उक्त मन्त्रालयका लागि १४ अर्ब २९ करोड ५७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएकोमा ११ अर्ब १७ करोड ६२ लाख ५६ हजार रुपैयाँ खर्च भएको छ।

ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले ५ अर्ब ६९ करोड ५५ लाख ८९ हजार बजेटमध्ये ४ अर्ब २६ करोड ९६ लाख २६ हजार रुपैयाँ खर्च गरेको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २ अर्ब ५७ करोड ९० लाख ८९ हजार रुपैयाँको बजेटमा २ अर्ब २ करोड ९ लाख ७३ हजार रुपैयाँ खर्च गरेको छ।

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको ८३ करोड ५ लाख ६२ हजार रुपैयाँको बजेटमा ५९ करोड १८ लाख ७९ हजार रुपैयाँ मात्र निकासा भएको देखिन्छ।

संवैधानिक र अन्य निकायहरूतर्फ प्रदेश सभाले ४९ करोड ८१ लाख ८७ हजार बजेटमध्ये ३७ करोड ६७ लाख ४८ हजार रुपैयाँ उपयोग गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ५४ करोड ४४ लाख २ हजार रुपैयाँ बजेटमा ४७ करोड ९४ लाख ८ हजार रुपैयाँ खर्च गरेको छ।

प्रदेश नीति तथा योजना आयोगले ५ करोड ४ लाखको बजेटमा ३ करोड ३० लाख ६ हजार र प्रदेश लोक सेवा आयोगले १२ करोड ८८ लाख ३१ हजारको बजेटमा १० करोड ५० लाख ७५ हजार रुपैयाँ खर्च गरेका छन्।

मन्त्रालयगत रूपमा पुँजीगत खर्च बढाउने र असारे विकासको परिपाटी अन्त्य गर्ने दाबी गरिए पनि ठूलो परिमाणमा बजेट खर्च हुन नसक्नुले प्रदेश सरकारको खर्च गर्ने क्षमता र कार्यप्रणालीमाथि पुनः गम्भीर प्रश्न खडा गरिदिएको छ।

Previous Post

वीरगञ्जमा सशस्त्र प्रहरीको नि:शुल्क शिविर : ११३ वर्षीया वृद्धासहित २२ जनाको आँखाको सफल शल्यक्रिया

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In