काठमाडौं । नेपाल कमर्स एशोसिएसनको ‘दोस्रो एनसिए अन्तर्राष्ट्रिय सम्मेलन २०२६’ भव्यताका साथ सम्पन्न भएको छ। वाणिज्य, नवप्रवर्तन, दिगोपना र विश्वव्यापी प्रतिस्पर्धात्मकताका समसामयिक मुद्दाहरू (Contemporary Issues in Commerce, Innovation, Sustainability and Global Competitiveness) भन्ने नाराका साथ आयोजना गरिएको यस सम्मेलन ज्ञान आदानप्रदान, प्राज्ञिक छलफल र विश्वव्यापी सहकार्यका लागि एक उत्कृष्ट मञ्च साबित भएको आयोजनको दावी छ।
कार्यक्रमको सफलतापूर्वक समापन भएसँगै एनसिएका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीले सम्मेलनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
उनले आमन्त्रित विशिष्ट अतिथिहरू, मुख्य वक्ताहरू, अनुसन्धानकर्ताहरू, प्राज्ञिक व्यक्तित्वहरू, विभिन्न क्षेत्रका विज्ञहरू, विद्यार्थीहरू तथा प्रायोजकहरूलाई उहाँहरूको गरिमामय उपस्थिति र अमूल्य योगदानका लागि धन्यवाद ज्ञापन गरेका छन् ।
यस अन्तर्राष्ट्रिय सम्मेलनलाई अविस्मरणीय र अर्थपूर्ण बनाउन सहभागीहरूको उत्साहजनक उपस्थिति र गहन प्रस्तुतिहरूले ठूलो ऊर्जा थपेको आयोजकले जनाएको छ।
अध्यक्ष डा. चौधरीले अहोरात्र खटेर कार्यक्रम सफल पार्ने व्यवस्थापन समिति, प्राध्यापक वर्ग, स्वयंसेवक तथा सहयोगी हातहरूप्रति पनि विशेष कृतज्ञता प्रकट गरेका छन् । आगामी दिनहरूमा पनि अनुसन्धान, नवप्रवर्तन र प्राज्ञिक उत्कृष्टताको यो यात्रालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको छ।

