वीरगन्ज । वीरगन्जको गौतम मावि सहित थाई एग्रो फुड लगायतका संघ संस्था र व्यक्तिहरुलाई सम्मान गरिएको छ । क्रियाशील युवा पत्रकार मञ्च वीरगन्जको दोस्रो साधारणसभामा विभिन्न क्षेत्रमा योगदान पु-याएको संघसंस्था र व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
वीरगन्जको शैक्षिक विकास र उन्नयनमा योगदान पु¥याएको भन्दै ५० बर्षको शैक्षिक इतिहास बोकेको गौतम माविलाई सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका मुख्य न्यायधीश गोकर्ण डाँगीले गौतम माविका निर्देशक सोनाम लामालाई कदरपत्र सहित सम्मान गरेका हुन् ।
२०३३ सालमा स्थापना भएको विद्यालयले वीरगन्जको शिक्षाक्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै सम्मान गरेको क्रियाशील युवा पत्रकार मञ्चले जनाएको छ ।
त्यस्तै पेय पदार्थको उत्पादन गर्ने उद्योग थाई एग्रो फुडलाई पनि सम्मान गरेको छ । कम्पनीका प्रतिनिधि दीपेश न्यौपानेलाई प्रमुख अतिथि मुख्य न्यायधीश डाँगीले कदरपत्र सहित सम्मान गरे ।

