दाङ । मतदान सुरु भएको तीन घण्टा बितिसक्दा पनि दाङको बबई गाउँपालिकाका दुई मतदान केन्द्रमा अझै मतदान सुरु हुन सकेको छैन। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयले बस्ती स्थानान्तरणको माग गर्दै निर्वाचन बहिष्कार गरेपछि मतदान प्रक्रिया ठप्प भएको हो।
बबई गाउँपालिका–१ स्थित जनता आधारभूत विद्यालय (जिला) र वडा नम्बर ७ स्थित देउती माध्यमिक विद्यालय (मलैखोला) मतदान केन्द्र प्रभावित भएका छन्। जनता आधारभूत विद्यालय जिलामा ६८२ जना मतदाता रहेका छन्।
निकुञ्ज प्रभावित स्थानीयले वर्षौँदेखि उठाउँदै आएको सुरक्षित बस्ती स्थानान्तरणको माग पूरा नभएसम्म मतदान नगर्ने अडान लिएका छन्। त्यसका कारण मतदाता मतदान केन्द्रमा उपस्थित नहुँदा मतदान सुरु हुन सकेको छैन।
दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार आन्दोलनरत स्थानीयलाई निर्वाचनमा सहभागी गराउने प्रयास भइरहे पनि अहिलेसम्म कुनै पनि मतदाता मतदान केन्द्रमा पुगेका छैनन्।
यस्तै, मतदान अधिकृत चिरञ्जीवी खड्का र टेकबहादुर केसीका अनुसार मतदानका लागि सबै तयारी पूरा भए पनि मतदाता नआउँदा कर्मचारीहरू केन्द्रमा कुरेर बसिरहेका छन्। प्रशासनले स्थानीयसँग संवाद गरी मतदान प्रक्रिया सुचारु गराउने प्रयास जारी राखेको जनाएको छ।
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
