• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, April 29, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण: पर्साका प्रजिअ दाहाल

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ फाल्गुन १३, बुधबार १५:५७
निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण: पर्साका प्रजिअ दाहाल
12
SHARES
131
VIEWS

वीरगन्ज । नेपाल पत्रकार महासंघको आयोजनामा वीरगन्जमा ‘निर्वाचन रिपोर्टिङ र आचारसंहिता’ विषयक एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। निर्वाचनको समयमा सञ्चारकर्मीले पालना गर्नुपर्ने व्यावसायिक मर्यादा र आचारसंहिताको महत्वबारे छलफल गर्न आयोजित सो कार्यक्रममा सहभागी वक्ताहरूले सत्य, तथ्य र निष्पक्ष सूचना सम्प्रेषणमा जोड दिएका छन्।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले निर्वाचनका बेला जनतामा सूचनाको चासो र अपेक्षा बढी हुने उल्लेख गर्दै सञ्चार माध्यमलाई जिम्मेवार बन्न आग्रह गरे ।

ADVERTISEMENT

आचारसंहिता आफैँले पालना गर्ने नियम भएको बताउँदै दाहालले यसलाई पालना गरेमा मात्र यसको सान्दर्भिकता रहने र बेवास्ता गरेमा यो कागजको खोस्टो सरह हुने टिप्पणी गरे । निर्वाचनलाई निष्पक्ष, भयरहित र धाँधलीरहित बनाउन सञ्चार क्षेत्रको भूमिका अपरिहार्य रहेको उनको भनाइ थियो।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत मधुसुदन आचार्यले प्रचलित कानुनले दिएको अधिकार र सीमा बुझेमा मात्रै पनि आचारसंहिताको उल्लंघन नहुने स्पष्ट पारे । उनले आचारसंहिता निर्वाचनको समयमा मात्र नभई वर्षको ३६५ दिन नै लागू हुनुपर्नेमा जोड दिँदै विषयवस्तु नबुझी हतारमा समाचार सम्प्रेषण गर्दा समाजमा जोखिम बढ्न सक्ने चेतावनी दिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले पत्रकारिताको मर्यादा कायम राख्न महासंघले अभियान नै चलाएको जानकारी दिए । उनले विगतमा वीरगन्जमा पत्रकारिताकै कारण उत्पन्न केही संवेदनशील परिस्थितिको स्मरण गराउँदै पत्रकारहरूलाई संयमित र सचेत रहन आग्रह गरे ।

त्यस्तै, विश्व पत्रकार संघका सहसचिव दीपेन्द्र चौहानले ठूला सञ्चार माध्यम र ‘पेड न्युज’ को प्रवृत्तिले आचारसंहिता उल्लंघनको चुनौती थपेको बताए । केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेले २०५० सालको वीरगन्ज घोषणापत्रले नै आचारसंहिताको जग बसालेको स्मरण गराउँदै वीरगन्जमै आचारसंहिता उल्लंघन हुनु लज्जास्पद हुने बताए ।

महासंघकी उपाध्यक्ष नितु पण्डितको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन मधेस प्रदेश अध्यक्ष श्याम बञ्जाराले गरेका थिए, भने स्वागत मन्तव्य पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले राखेका थिए । कार्यक्रममा पर्सादेखि सप्तरीसम्मका महासंघका पदाधिकारी, केन्द्रीय सदस्यहरू र स्थानीय सञ्चारकर्मीहरूको ठूलो उपस्थिति रहेको थियो।

Previous Post

रास्वपाद्वारा वीरगञ्जको पटेलनगरमा कोणसभा सम्पन्न; ‘अब जनता झुक्किने छैनन्’ : हरि पन्त

Next Post

प्रतिनिधिसभा निर्वाचन: सुरक्षाका लागि तीन घेरामा सेना परिचालन, मतपत्र ढुवानी कार्य अन्तिम चरणमा

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In