• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 1, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

एमाले पर्सा–३ मा पहिरो : ‘ठेकेदारको उम्मेदवार’ भन्दै कार्यकर्ताको विद्रोह, उपसचिव मिश्रद्वारा पार्टी त्याग

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ फाल्गुन ९, शनिबार १६:३३
एमाले पर्सा–३ मा पहिरो : ‘ठेकेदारको उम्मेदवार’ भन्दै कार्यकर्ताको विद्रोह, उपसचिव मिश्रद्वारा पार्टी त्याग
31
SHARES
341
VIEWS

वीरगन्ज । प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) भित्रको आन्तरिक कलह विष्फोटक बनेको छ।

पार्टीले तय गरेका उम्मेदवार पाण्डेविरुद्ध तल्लो तहका कार्यकर्ताहरूले खुला रूपमा विद्रोहको घोषणा गर्दै बहिष्कारको चेतावनी दिएका छन्। यो विवाद सडकदेखि सामाजिक सञ्जालसम्म पोखिएपछि एमालेको संगठनात्मक संरचना नै धरमराउन थालेको छ।

ADVERTISEMENT

स्थानीय कार्यकर्ताहरूले पाण्डेलाई जनताको प्रतिनिधि नभई ‘ठेकेदारका उम्मेदवार’ को संज्ञा दिएका छन्। जिल्लाका सीमित शीर्ष नेताहरूको ‘सेटिङ’ मा टिकट वितरण गरिएको आरोप लगाउँदै उनीहरूले नेतृत्वलाई खुला चुनौती दिएका छन्।

विशेषगरी जिल्लादेखि केन्द्रसम्म नेतृत्व गर्ने नेताहरूको भूमिकाप्रति कार्यकर्ताहरूले कडा आक्रोश व्यक्त गरेका छन्। ‘खल्तीबाट निकालेर बनाइएका उम्मेदवारलाई अब उनीहरूले नै जिताएर देखाउन्,’ भन्दै चिढिएका कार्यकर्ताहरूले नेतृत्वको अदूरदर्शितामाथि प्रश्न उठाएका छन्।

पार्टीभित्रको यही तीव्र असन्तुष्टिका बीच एमाले पर्साका जिल्ला उपसचिव सञ्जिव मिश्रले पार्टी परित्यागको घोषणा गरेका छन्। १५ वर्ष लामो राजनीतिक यात्रामा युवासंघको जिम्मेवारीदेखि जिल्ला कमिटी र मधेश प्रदेश कमिटी सदस्यसम्मको भूमिका निभाएका मिश्रले आत्मसम्मान र विचारलाई मुख्य कारण देखाउँदै एमालेबाट अलग हुने निर्णय लिएका हुन्।

उनले आफ्नो १५ वर्षको योगदानको मूल्याङ्कन नभएको र पार्टी गलत दिशामा अघि बढेको संकेत गर्दै आगामी यात्रा सत्य र निष्ठाको जगमा हुने स्पष्ट पारेका छन्। मिश्र क्षेत्र नम्बर ३ का मतदाता पनि हुन् । उनी नेकपा एमालेका नेता तथा पूर्वमन्त्री राजकुमार गुप्ताको स्वकीय सचिव समेत रहेर काम गरिसकेको र जनाधार भएका नेता पनि हुन् ।

जनाधार भएका नेताहरुले स्थान नपाउने तर, वडा सदस्य समेत जिताउन नसक्ने व्यक्तिहरुले जिल्लादेखि केन्द्रसम्म ठेक्का लिने गरेकै कारण मिश्रले पार्टी छाडेको बुझ्न सकिन्छ । उनको एमाले परित्यागले पाण्डेलाई ठूलो धक्का लाग्ने भएको छ ।

यो घटनाले पर्सा एमालेभित्र मौलाउँदै गएको ‘ठेकेदार संस्कृति’ र गुटबन्दीलाई छताछुल्ल पारेको छ। निष्ठावान कार्यकर्ताहरूलाई पाखा लगाएर शक्ति र पहुँचका आधारमा उम्मेदवार लादिएपछि उत्पन्न यो ‘घरभित्रको डढेलो’ फागुन २१ गते हुने निर्वाचनमा एमालेका लागि निकै महँगो साबित हुने देखिएको छ।

आफ्नै मेरुदण्ड मानिने कार्यकर्ताको विश्वास गुमाएका उम्मेदवारले आम मतदाताको मन कसरी जित्लान् ? भन्ने प्रश्न अहिले पर्सा–३ को राजनीतिक वृत्तमा पेचिलो बनेको छ। यसो त नेकपा एमलेका उम्मेदवार पाण्डे विवादै विवादको घेरामा छन् ।

एकातिर १२ करोडको बैंकिङ बक्यौताका कारण उम्मेदवारी खारेजीको उजुरी निर्वाचन अधिकृतको कार्यालयमा परेको छ । अर्कोतिर विवादित विगत भएका पाण्डेलाई प्रशासनले सुटुक्क अंगरक्षक (पिएसओ) उपलब्ध गराउनुले सुरक्षा संयन्त्रको निष्पक्षतामाथि नै शंका उब्जाएको छ।

निर्वाचनको समयमा शान्ति सुरक्षा कायम गर्नु पर्ने प्रशासनले एउटा विवादित उम्मेदवारको “रवाफ” बढाउन प्रहरी परिचालन गर्नु लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको बुद्धिजीविहरुले बताउने गरेका छन् ।

Previous Post

एमाले परित्याग गरी ५ जना नेता नेकपामा प्रवेश, मातृका यादवद्वारा स्वागत

Next Post

संखुवासभामा ४.१ म्याग्निच्युडको भूकम्प

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In