काठमाडौं । संखुवासभाको रितक आसपास केन्द्रबिन्दु भएर आज बिहान ७:३१ बजे भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प ४.१ म्याग्निच्युडको रहेको थियो।
भूकम्पको धक्का जिल्लाका विभिन्न भाग र छिमेकी जिल्लाहरूमा समेत महसुस गरिएको थियो। हालसम्म कुनै पनि भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। पूर्वी नेपालमा पछिल्लो समय पराकम्प र साना भूकम्पहरू जाने क्रम जारी छ।
