जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ८, चितहामा नेकपा एमालेलाई ठूलो झट्का लागेको छ। एमाले परित्याग गरी सो क्षेत्रका प्रभावशाली नेताहरू नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गर्नेहरूमा सूर्यनाथ यादव, चन्देश्वर यादव, बिन्देश्वर यादव, उदगार यादव र धर्मनाथ यादव रहनुभएको छ। उहाँहरूलाई नेकपाका प्रभावशाली नेता एवं धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार मातृका प्रसाद यादवले खादा ओढाएर पार्टीमा स्वागत गर्नुभयो।
नवप्रवेशीहरूलाई स्वागत गर्दै नेता यादवले देश अहिले गम्भीर राजनीतिक संकटमा रहेको र यो संकटबाट निकास दिने सामर्थ्य केवल नेकपामा मात्रै रहेको दाबी गर्नुभयो। उहाँले जनताको अधिकार र मुलुकको समृद्धिका लागि इमानदार कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
एमाले छाडेर नेकपा रोज्ने नेताहरूले पार्टीको नीति र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै अबको वैकल्पिक शक्ति नेकपा नै भएको बताएका छन्। कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
