• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 1, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगंजको आँसु पुछ्न र अस्मिता जोगाउन सिए अजय चौरसियाको ‘शंखघोष’

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ फाल्गुन ९, शनिबार ११:३४
पर्सामा पैसा र भीडको चुनावी होड: ओझेलमा ‘एजेन्डा’ र योग्य उम्मेदवार
5
SHARES
52
VIEWS

वीरगंज। मुलुककै आर्थिक इन्जिन मानिने वीरगंज आज आफैं भित्रभित्रै निसास्सिएको छ । सडकमा उड्ने धुलो, सिर्सिया नदीको दुर्गन्ध र बेरोजगारीका कारण रित्तिएका घरका ढोकाहरूले वीरगंजको एउटा दुखद कथा सुनाइरहेका छन् ।

यही पीडा र छटपटीका बीच “अब अति भयो, वीरगंजको शोषण अन्त्य हुनुपर्छ” भन्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सिए अजय चौरसिया एउटा नयाँ आशा र क्रान्तिकारी एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन् ।

ADVERTISEMENT

आर्थिक राजधानी कि केवल कर तिर्ने मेसिन ?
चौरसियाले आफ्नो चुनावी अभियानका क्रममा वीरगंजको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले प्रश्न गरेका छन्— “जुन सहरले देशको ढुकुटी भर्छ, त्यहीँका युवा किन राहदानी बोकेर खाडीको तातो घाममा सेकिन बाध्य छन् ?” उद्योगहरू बन्द हुनु, चरम भ्रष्टाचार बढ्नु र बाढीले बर्सेनि वीरगंजबासीको सपना बगाउनुलाई उनले ‘असफल नेतृत्वको परिणाम’ भनेका छन् । उनको उद्घोष छ, “अब वीरगंजलाई प्रयोग गर्ने राजनीति होइन, वीरगंजलाई प्राथमिकता दिने नेतृत्व चाहिन्छ ।”

भ्रष्टाचार विरुद्धको ‘युद्ध’ र रोजगार क्रान्ति
अजय चौरसियाको मुख्य एजेन्डा भ्रष्टाचारको जरो उखेल्नु हो । उनले सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्न ‘स्वतन्त्र सम्पत्ति छानबिन आयोग’ गठन गर्ने र बेरुजु फछ्यौट नगर्नेको पदोन्नति र पेन्सन समेत रोक्ने साहसिक योजना अघि सारेका छन् ।

“राजनीति कमाउने धन्दा होइन, सेवा हो” भन्ने मान्यता बोकेका उनले ५ वर्षमा ५ लाख र वार्षिक १.५ लाख नयाँ रोजगारी सिर्जना गर्ने ‘रोजगार क्रान्ति’ को संकल्प गरेका छन् । वीरगंजका उद्योगमा स्थानीयलाई पहिलो प्राथमिकता दिनुलाई उनले आफ्नो कानुनी प्रतिबद्धता बताएका छन् ।

महिला र दलितको सम्मान: अधिकार मात्र होइन, न्याय
समाजका उत्पीडित वर्गको पक्षमा बोल्दै उनले महिला उद्यमीलाई २५ प्रतिशत ब्याज छुट, सुत्केरी महिलालाई ६ महिना बिदा र एकल महिलाको भत्ता वृद्धिको एजेन्डा ल्याएका छन् । “अब विभेद होइन, सम्मान” भन्ने नाराका साथ उनले दलित अधिकार दशक घोषणा गर्दै समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने वाचा गरेका छन् ।

वीरगंजको पुनर्जागरण: चिनी मिलदेखि सिर्सिया संरक्षणसम्म
वीरगंजको पहिचान बोकेका कृषि औजार कारखाना र चिनी मिललाई पुनः सञ्चालन गर्ने उनको योजनाले किसान र मजदुरमा उत्साह थपेको छ । साना व्यवसायीलाई वार्षिक १२ लाख रुपैयाँसम्मको आयकरमा पूर्ण छुट दिने र बैंकहरूको मनपरी अन्त्य गर्ने कुराले मध्यम वर्गीय व्यापारीमा आशा जगाएको छ । साथै, वीरगंजलाई धुलो र फोहोरको प्रतीकबाट मुक्त गरी ‘स्मार्ट सिटी’ बनाउने र सिर्सिया नदीलाई पुरानै अवस्थामा सफा र स्वच्छ बनाउने उनको दीर्घकालीन गुरुयोजना छ ।

अन्तिम निर्णय मतदाताको हातमा
यो निर्वाचन केवल एक प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, यो वीरगंजलाई बनाउने कि बिगार्ने भन्ने निर्णायक मोड हो । “वीरगंज उठ्छ भने देश उठ्छ” भन्ने दृढ विश्वासका साथ चौरसियाले मतदातालाई डर र प्रलोभनमा नपरी आफ्नो भविष्यको निर्णय आफैं गर्न अपिल गरेका छन् । अब हेर्न बाँकी छ, वीरगंजले आफ्नो अस्मिता जोगाउन र विकासको नयाँ युग सुरु गर्न सिए अजय चौरसियाको यो ‘भावनात्मक र विकासवादी’ आह्वानलाई कसरी अनुमोदन गर्छ ।

Previous Post

वीरगन्ज ३१ का बुद्धिजीवीको ‘भद्र सहमति’: पार्टी प्रवेश नगर्ने, मतदान ‘घण्टी’ मा गर्ने

Next Post

एमाले परित्याग गरी ५ जना नेता नेकपामा प्रवेश, मातृका यादवद्वारा स्वागत

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In