• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 1, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

झापा ५ मा एमालेको ‘घरदैलो’ तीव्र: मतदाता फकाउन ओलीको पत्र लिएर कार्यकर्ता टोल–टोलमा

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ फाल्गुन ८, शुक्रबार १८:५३
झापा ५ मा एमालेको ‘घरदैलो’ तीव्र: मतदाता फकाउन ओलीको पत्र लिएर कार्यकर्ता टोल–टोलमा
5
SHARES
50
VIEWS

दमक, झापा — आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) ले आफ्नो चुनावी अभियानलाई निकै आक्रामक बनाएको छ। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफैँ उम्मेदवार रहेको यस क्षेत्रमा एमाले कार्यकर्ताहरू अध्यक्ष ओलीको विशेष ‘पत्र’ लिएर मतदाताको घर–घरमा पुग्न थालेका छन्।

झापा ५ का २९ वटै वडाका प्रत्येक टोलमा एमालेले घरदैलो अभियानलाई तीव्रता दिएको छ। निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार क्षेत्रभरिका प्रत्येक घरधुरीमा पार्टी अध्यक्षको व्यक्तिगत पत्र, पार्टीको चुनावी प्रतिबद्धता पत्र र विभिन्न जनवर्गीय सङ्गठनका घोषणापत्रहरू पुर्‍याउने लक्ष्य राखिएको छ।

ADVERTISEMENT

निर्वाचन परिचालन समितिका अनुसार दमक नगरपालिकाका वडा नम्बर ६ र ७ मा दोस्रो चरणको घरदैलो सम्पन्न भइसकेको छ भने बाँकी ८ वटा वडाहरूमा अभियान अन्तिम चरणमा पुगेको छ। यसैगरी कमल गाउँपालिका वडा नम्बर ५ (सिम्ले), वडा नम्बर २ (देवी चउण र ज्योतिनगर), तथा वडा नम्बर ६ (मैनाखता र मङ्गलबारे) मा समूहगत भेटघाट सकिएको छ।

गौरादह नगरपालिका भूगोलका आधारमा प्रत्येक घरमा पुग्ने गरी सबै वडामा टोलीहरू परिचालन गरिएका छन्। यहाँका सबै वडाहरूमा पनि घरदैलो अभियान अन्तिम चरणमा पुगेको छ।

दमकका विभिन्न टोलमा केन्द्रीय कमिटीदेखि टोल कमिटीसम्मका पदाधिकारी, सदस्य र शुभचिन्तकहरू उत्साहजनक रूपमा परिचालन भएको एमालेले जनाएको छ।

के छ ओलीको पत्रमा?

अध्यक्ष ओलीले मतदातालाई पठाएको पत्रमा फागुन २१ गतेलाई नेपाली जनताको ‘भाग्य र भविष्य निर्माण गर्ने महत्वपूर्ण दिन’ का रूपमा चित्रण गरिएको छ। पत्रमा देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै निम्न मुख्य बुँदाहरू समेटिएका छन्:

“हाम्रो समाज र परिवारभित्रै विभाजन ल्याउने प्रयास भइरहेको छ, जसले अभिभावक र सन्तानबीचको सम्बन्धमा समेत सङ्कट निम्त्याउँदैछ। परिवार र समाज कमजोर भए देश नै कमजोर हुने भएकाले राष्ट्र निर्माणका लागि एमालेलाई मतदान गर्न आह्वान गर्दछु।”

मुलुक गम्भीर सङ्कटमा रहेको उल्लेख गर्दै ओलीले सामाजिक र पारिवारिक एकतामाथि भइरहेको प्रहारप्रति मतदातालाई सचेत गराएका छन्।

एमालेले ठूला आमसभाभन्दा पनि घरदैलो र व्यक्तिगत भेटघाटलाई नै मुख्य चुनावी हतियार बनाएको छ। पहिलो चरणको घरदैलो सकिएलगत्तै पार्टीको अर्को रणनीतिक योजनाअनुसार सङ्गठन परिचालन गर्ने तयारी गरिएको निर्वाचन परिचालन समितिले जनाएको छ।

Previous Post

एमालेको झण्डा जलाएको आरोपमा दाङमा एक जना पक्राउ

Next Post

निर्वाचन सुरक्षा सुदृढ पार्न डिआईजी थपलियाको निर्देशन

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In