वीरगन्ज । गौतम माध्यामिक विद्यालयले आयोजना गरेको तीन दिवसीय ‘साईनिङ्ग स्टार’ कार्यक्रम आजदेखि शुरु भएको छ । कार्यक्रमको शिक्षा विकास समन्वय इकाई कार्यालय पर्साका प्रमुख मोतीप्रसाद भट्टराईले उदघाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रमुख भट्टराईले विद्यालयले अवलम्बन गरेको सिकाई अभ्यास र बालबालिकाहरुले सिकेका उपलब्धीहरु निकै सराहनीय रहेको बताए । उनले दशकौं इतिहास बोकेको विद्यालयले आफ्नो शैशिक गुणस्तरलाई कायम राख्न खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

उनले विद्यार्थीहरुले विद्यालयमा सिकेका सिकाई उपलब्धीहरुमा अभिभावकहरुको पनि भूमिका रहने बताउदै अभिभावकहरुले पनि विद्यालयमा आफ्ना बालबालिकाहरुले कसरी सिकिरहेका छन् ? कस्तो उपलब्धि गरेका छन् ? भन्ने विषयमा सधैं चासो राख्नुपर्नेमा जोड दिए ।
अभिभावकले विद्यालयमा पठाउने र शुल्क तिर्ने मात्रै दायित्व हो भन्ने मानसिकता हटाएर निरन्तर आफ्ना बालबालिकाहरुले विद्यालयमा कसरी अध्ययन गरिरहेका छन् ? सिकाई ग्रहण कसरी गरिरहेका छन् ? भन्ने विषयमा बेला बेलामा विद्यालयमा आएर जानकारी लिन समेत आग्रह गरे ।

विद्यालयको पूर्व प्राथामिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विभिन्न शिक्षण विधिहरुबाट कक्षा कोठामै सिकाईएका सिकाई उपलब्धीहरु विद्यार्थीलाई नै प्रस्तुत गर्न लगाउने र अभिभावकहरुले पनि आफ्ना बालबालिकाहरुको प्रतिभा प्रत्यक्ष अवलोकन गर्न पाउने गरी तीन दिनसम्म साईनिङ्ग स्टार कार्यक्रमको आयोजना गरेको विद्यालयका निर्देशक सोनाम लामाले बताए ।

विद्यालयकी प्रवन्ध निर्देशक परीक्षा पिया लामाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १३ का वडा अध्यक्ष हिरा गिरी, नेशनल इन्फोटेक कलेजका प्रिन्सिपल तथा नेपाल क्रिकेट संघ (क्यान) पर्साका अध्यक्ष मनिष सिंह, नेशनल इन्फोटेक कलेजकी फाईनान्स डाईरेक्टर काजल सिंह, विद्यालयका प्रिन्सिपल गणेश क्षेत्र, सहायक प्रधानाध्यापक ललित कर्ण, प्रशासनिक प्रमुख रमेश शर्मा, व्यावस्थापन समिति सदस्य एल्भिन रेञ्जर, प्रावि तहका संयोजक सिपेन्द्र गुप्ता लगायत अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

विद्यालयका प्रधनाध्यापक गणेश क्षेत्रीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सहजीकरण विद्यालयका कोअर्डिनेटर सौराज प्रधानले गरेका थिए । कार्यक्रममा पूर्वप्राथामिक तहका विद्यार्थीहरुले विभिन्न सन्देशमूलक गीत र नाटक प्रस्तुत गरेका थिए । कार्यक्रम भोली र पर्सि पनि सञ्चालन हुने विद्यालय प्रशासनले जनाएको छ ।

