• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, October 9, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

रुकुमबाट प्रचण्डको घोषणा: ‘हिजो विद्रोहको झन्डा उठायौँ, अब समृद्धिको बिगुल फुक्छौँ’

by
प्रकाशित मिति : २०८२ फाल्गुन ४, सोमबार २०:११
रुकुमबाट प्रचण्डको घोषणा: ‘हिजो विद्रोहको झन्डा उठायौँ, अब समृद्धिको बिगुल फुक्छौँ’
5
SHARES
57
VIEWS

रुकुम (पूर्व) । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले विगतमा सशस्त्र विद्रोहको नेतृत्व गरेको भूमि रुकुमबाटै अब विकास र समृद्धिको नयाँ युग सुरुवात गर्ने उद्घोष गरेका छन्।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१२ कोलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले रुकुमको माटोबाटै समृद्धिको अभियानलाई देशभर फैलाउने बताए। प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पूर्वबाट उम्मेदवारी दिएका उनले दलित र मगर समुदायको बाहुल्य रहेको यस क्षेत्रको कायापलटका लागि विशेष योजना ल्याउने प्रतिबद्धता जनाए।

मगर र दलित समुदायको अधिकारका लागि आफू सधैँ लड्दै आएको चर्चा गर्दै प्रचण्डले दलित समुदायको सर्वाङ्गीण विकासका लागि ‘शक्तिशाली दलित विकास प्राधिकरण’ निर्माण गर्ने घोषणा गरे।

ADVERTISEMENT

“मैले प्रधानमन्त्री हुँदा दलित विकास प्राधिकरण बनाउने निर्णय गरेको थिएँ, तर सरकार ढलेका कारण त्यो काम पूरा हुन सकेन,” प्रचण्डले भने, “अब म यसै क्षेत्रको उम्मेदवार भएको नाताले दलित समुदायको विकासका लागि आफ्नो सम्पूर्ण शक्ति लगाउनेछु।”

उनले दलित बाहुल्य क्षेत्रलाई ‘संरक्षित क्षेत्र’ घोषणा गरी सो समुदायलाई विशेष अधिकार र अवसर दिलाउने योजना समेत अघि सारे।

भौगोलिक रूपमा विकट मानिने रुकुम पूर्वलाई सडक सञ्जालसँग जोड्न आफू गम्भीर रहेको उनले बताए। उनले शहीद मार्गको स्तरोन्नति र अन्तर-जिल्ला जोड्ने सडक योजनालाई प्राथमिकतामा राखेका छन्। तकसेरा–सानीभेरी–उत्तरगंगा–ढोरपाटन–बेनी सडक खण्डको निर्माण कार्य छिचोलेर आवतजावत सहज बनाउने। यी सडक सञ्जालले स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन र पर्यटन प्रवर्द्धनमा मद्दत गर्ने। ‘संविधानको रक्षा र समृद्धिको नयाँ अभियान’

जनयुद्धबाटै संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान सम्भव भएको स्मरण गर्दै उनले संविधानले दिएका अधिकारहरूलाई व्यवहारमा उतार्न अब समृद्धिको लडाइँ लड्नुपर्ने बताए। “संविधानले दलित, जनजाति र उत्पीडितलाई अधिकार दिएको छ, अब त्यसको जगमा उभिएर यो क्षेत्रबाट समृद्धिको नयाँ अभियान चलाउनुपर्छ,” उनले थपे।

Previous Post

करिब २० प्रतिशत उम्मेदवारले मात्रै खोले बैंक खाता

Next Post

रवि लामिछानेविरुद्धको मुद्दा तत्काल फिर्ता नहुने: कास्की जिल्ला अदालतको आदेश

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In