काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार पनि घटेको छ। सोमबार २६.०५ अंकले घटेको नेप्से मंगलबार थप १०.२५ अंक घट्दै २६६२.१४ बिन्दुमा झरेको हो।
सेयर बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार ३२४ कम्पनीका २ करोड १७ लाख कित्ता सेयर ८ अर्ब ६१ करोड रुपैयाँमा कारोबार भयो, जुन सोमबारको तुलनामा कम हो।
यस दिन १७९ कम्पनीको सेयर मूल्य घट्दा ७४ कम्पनीको बढ्यो। बैंकिङ, विकास बैंक, बीमा, जलविद्युत्, उत्पादनमूलक लगायत अधिकांश समूहगत सूचक ओरालो लागे भने सामूहिक लगानी कोष र व्यापार समूह मात्रै बढे।
